आरके श्रीवास्तव । रौतहट । बैशाख ०४ गते
हिन्दूहरुको महान पर्व चैती छठको अहिले जारी रहेको छ । चार दिन सम्म मनाइने यो पर्वको आज दोस्रो दिन रहेको छ । यो पर्वको दोस्रो दिन अर्थात् खरनाको दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटोकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाइन्छ । जसलाइ व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । दिनभरि उपवास गर्ने व्रतालुहरुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्ने गर्छन् । यसअघि शुक्रबार नै व्रतालुहरुले पर्वको पहिलो दिन नहाय–खाय’ विधि सम्पन्न गरिसकेका छन् । पर्वको तेस्रो दिन भोली आइतबार सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मधेशमा ‘सझियाके अरख’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन अर्थात् सोमबार बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएर पर्व समापन गर्ने प्रचलन रहेको छ । यसलाई मिधेशमा भोरवा घाटे’ भनिन्छ ।
कार्तिक महिनामा मनाइने छठ पर्वमा जस्तै यसमा पनि प्रसाद ठकुवा, कसार सहितका मिष्ठान्न परिकार बनाएर चढाइन्छ ।
सूर्य उपासनाको यो पर्वले मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । खासमा सूर्यको उपासनाले चर्मरोग नहुने र भएमा चाँडै निको हुने जनविश्वास रहेको छ । कार्तिक महिनामा मनाइने छठ पर्व भन्दा यसमा कम रौनकता देखिएको हो ।