आरके श्रीवास्तव । रौतहट । बैशाख ०५ गते
रौतहटमा शनिवार थप १० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । शनिवार सम्मको तथ्याङक अनुसार थप १० जनामा कोरोना देखिएको गौर अस्पताल पिसिआर लैबका फोकल पर्सन अनुठा यादवले जानकारी गराउनु भएको हो । शनिवार थप १० जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । जिल्ला अस्पताल रौतहट गौरले आज कोरोना भाइरस सम्वन्धि दिइएको दैनिक जानकारी अनुसार १५ जनाको पिसिआर जाँच गर्दा १० जना पोजेटिभ र ५ जानमा निगेटिभ देखिएको जनाएको हो । संक्रमित हुनेहरुमा गरुडा नगरपालिकाका ५ जना , देवाहीगोनाही नगरपालिकाका २ जना ,कटहरिया नगरपालिकाका १ जना ,गढिमाइ नगरपालिकाका १ जना रहेको यादवले बताउनु भयो । कोरोना संक्रमित बढदै गइरहेको अवस्थामा स्थानिय सरकार गम्भीर नभएको देखिएको हो । कन्ट्रैक्ट ट्रेसिंग तर्फ कसैको ध्यान जान सकेको छैन् । यता तिर बेलैमा ध्यान पुर्याइएन भने कोरोना संक्रमण बढन सक्ने खतरा बढदै जाने निश्चित छ । तसर्थ यतातिर सबै ध्यानाकर्षण हुन जरुरी छ ।