विणा श्रीवास्तव । गौर । बैशाख ०६ गते
प्रहरीले भन्सार छलीका सर(सामानहरु बुझायो गौर भन्सारमा बुझाएको छ । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बैशाख ०४ गते देखी ०६ गते सम्म जिल्ला प्रहरी कार्यालय रौतहटबाट र मातहत प्रहरी इकाईहरुबाट विभिन्न स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्ना साथ छाडी भागी फरार भएकोले बेवारीसे अवस्थामा फेला परेको लेडिज सुरुवाल, थान कपडा, विस्कुट, सर्फ, नेहा तेल, डावर तेल, कस्मेटिक लगायतका सर(सामानहरु बुझाईएको छ । अन्दाजी मुल्य एक लाख छबीस हजार नौ सय पचास बराबरको र बैशाख ०५ गते प्रहरी चौकी लक्ष्मिपुर बेलबिछुवाबाट खटिएको प्रहरी गस्ती टोली जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं। ८ लक्ष्मिपुर स्थित पुग्दा अपरचित्त मानिसले द्यच्।घण् ँ( छछडद्ध नम्बरको मोटरसाईकलमा डिजल लोड गरी नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा फेला पार्दा प्रहरी टोलीलाई देखी भागी फरार भएकोले वेवारीसे अवस्थामा फेला पारेको मोटरसाईकल र डिजलको दश हजार नौ सय नब्बे र बैशाख ०६ गते प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं। ९ डुमरीया स्थितमा नेपालबाट भारत तर्फ लैजानको लागी सिमा दशंगजा नजिकमा लुकाई छिपाई राखेको ४ कुईन्टल ०६ किलो मसुरो वेवारीसे अवस्थाम फेला परेको मसुरोको अ। मुल्य रु। बतिस हजार चार सय असी गरी जम्मा अं।मुल्य एक लाख सतरी हजार चार सय बिस बराबरको मालसामानहरु र १ मोटरसाईकल आवश्यक कारवाहीको लागि सोमबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।