जायज नाजायज शृङ्खला —रेणुका जि सी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ८, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
जायज नाजायज शृङ्खला —रेणुका जि सी


बैशाख ०८ गते
वेवारिशे रुपमा कोही जिवित कोही मृत अवस्थामा शिशु भेटिएका खबर हामीले प्राय सुनिरहेका हुन्छौँ । यी खबरहरु सुखद खबर होइनन । तर सोचनीय खबर चाहीँ पक्कै हुन १
अक्सर यस्ता खबर सुन्नासाथ हामी धेरैको प्रतिक्रिया यही हुन्छ । चरित्रहिन आइमाइ ।।।।पापीनी आमा ।।।।आमाको नाममाकलंक ।।।।या यस्तै केही । यसरी नै सतही प्रतिक्रिया दिने कि यस बारेमा गम्भिर भएर चिन्तन मनन पनि गर्ने रु
एक आमा जसले आफुभित्र एउटा जीवन हुर्काइरहेकी हुन्छे । उसले सामान्य अवस्थामा आफ्नो सन्तान छाड्न सक्दिन । सर्वमान्यकुरा हो । असामान्य अवस्थाहरु चाहीँ कसरी सृजित भैरहेका छन रु त्यसका कारणहरु के के हुन सक्छन त १ तपाईं हाम्रो सोचकोविषय यो पो बनाउने कि १
बच्चा त्यही बाटो भएर जन्मन्छ जुन बाटो भएर एउटा पुरुष महिलामा पुग्छ । कुनै पुरुष बिना महिला एक्लै आमा बन्न सक्दिने ।महिला पनि पुरुष सरह एक शरीर हो । महिला र पुरुष शरीरका आ आफ्नै विशेषता छन । प्रजनन प्रकृयाका आधारमा मात्र महिला रपुरुष दुई फरक जातीका रुपमा बिभाजित हुन ।
मानव जीवनमा पनि यौन सम्बन्धको महत्वपूर्ण भूमिका रहन्छ । सृष्टी यौनकै उपज हो । महिला र पुरुषको रगत र विर्य नमिलीगर्भधारण हुँदैन । गर्भधारण पश्चात गर्भको शिशुको सुरक्षा महिलाको हातमा हुनुपर्ने हो । तर सवाल यो हो , के महिलाको पाठेघरमामहिलाको अधिकार छ त रु गर्भमा छोरी छ भन्ने थाहा पाएपछि परिवारको निर्देशनमा लुरुलुरु अस्पताल पुगेर जतिपटक पनि लम्पसारपरेर खुट्टा उचाल्न पछि नपर्ने आम महिलाको पाठेघर कुन सोचको मुट्ठीमा छ रु कुन सोचको निर्देशनमा शिशु हरु नाजायज बन्छन रवेवारिशे अवस्थामा आइपुग्छन रु
अब कुमाता भन्नेहरुले यो पनि भनिदिनुहोस ।महाभारतमा सत्यवती र कुन्ती लाई विचरा भन्न सक्ने हामी , कर्णलाई नदिमाबगाउँदा बगेका कुन्तीका आँशुले पोलेर धरधरी रुन सक्ने हामी १ तर घर छेउका कुन्तीहरु हामीलाई किन अस्विकार्य १ के संवेदना भन्नेकुरा फिल्मको पर्दाका लागि मात्र हो र १
जायज र नाजायजका जुन प्रश्नहरु अहिले हाम्रा समाजमा उठाइरहेका छौँ ती प्रश्नहरु हाम्रा धर्मग्रन्थहरुमा पनि उठाउन जरुरी छ। पराशर ऋषीले सत्यवतीलाई कुमारी अवस्थामा आमा बनाए , सूर्यले कुन्तीलाई कुमारी अवस्थामा आमा बनाए, अझै महर्षी व्यासले तआफ्नी आमाको लोग्नेका छोराकी विधवा श्रीमतीलाई र दाशीलाई आमा बनाए । भरत वंश अगाडि बढ्यो । हामीले सहजै पचाइदियौँ ।अति सामान्य रुपमा । कारण त्यहाँ ती ९नाजायज ०कुराहरुको व्याख्या गर्न जायज कारणहरु दिइएको छ नि त १ अनि त्यस्ता जायजकारणहरुका शृङ्खला हाम्रा वरपर पनि त होलान नि । हैन र १

             हामी पटक पटक जायज र नाजायज का बारेमा बोल्छौँ । आखिर के जायज  रु  हामीलाई जे सुनाइयो सुन्यौँ  त्यही १ जेपढाइयो पढ्यौँ त्यही १  हाम्रो चेतनाको पर्दा  खोलेर त हेरौँ ब्रह्मा , विष्णु , महेश्वर देखि राम , कृष्ण , बुद्ध सबैमा प्रश्नचिन्ह खडा गर्नेप्रशस्त ठाउँ  भेटिन्छन । अझ महाभारत र श्रीस्वस्थानीका त  नकुरा गरुम ।
  हाम्रा धार्मिक ग्रन्थहरुलाई  हेर्दा  पनि यति त भन्न सकिन्छ पितृसत्तात्मक जगमा उभिएको हाम्रो समाजको मालिक पुरुष हो ।  प्राचिन समयमा पनि अहिले पनि , लिङ्गका आधारमा हामी महिलाहरु भएपनि अधिकांश महिलाहरुको सोच  नै पुरुषप्रधानताले हावीभएको छ । लोग्नेमानिस हो यति त भै हाल्छ नि । हामी सहजै स्विकार गरिदिन्छौँ ।जसले गर्दा समाजमा मालिकका रुपमा व्यवहार गर्नपुरुषहरु वर्जित छैनन , महिलाहरु वस्तु बनेका छन , दासी बनेका छन । यस्ता प्रवृत्तिप्रति महिलाहरुको मौनताले स्विकारोक्तीबोलीरहेको छ । फलस्वरुप अपराध बढिरहेको छ । एउटी महिलाको दुई दुई पटक दुई  श्रीमानद्वारा हत्या गरिएको दृष्टान्त हाम्रै सामु छ।

    हामी भनेँ आँखा चिम्लेर प्रतिकृया जनाइरहेका  छौँ । यस्ता घटनाहरुका पछाडि महिला एक्लै दोषी हो , देखिरहेका छौँ । महिलामाथि मात्र  प्रश्न उठाइरहेका  छौँ । 
 महिला जन्मदै महिला भएर जन्म लिने होइन । एउटा  अबोध शिशु महिला  बनाइएझैँ ,  एउटी महिला चरित्रहिन बनाइन्छे , पापीनीबनाइन्छे,  कुमाता बनाइन्छे । हामीले बनाएका छौँ । हामी किन स्विकार गर्न सक्दैनौं रु यी सब बनाइनुका पछाडि हाम्रो हात पनि छ १  के  यी शिशुहरु यसरी छाडिनुमा हाम्रो कुनै भूमिका छैन  र  १  हाम्रो समाज , सामाजिक संरचना , कानुनी व्यवस्था सब जायज छन  त रु  
       थाहा छ ।  सामान्य पहिरनको आधारमा मर्यादा निर्धारण गरिने समाजमा उभिएर यसो सोच्नु मुर्खता ठहरिएला १ तर अबकोसमाजमा महिलाको मातृत्वको स्वतन्त्रता स्विकार्य गर्न जरुरी छ ।  कानुनी रुपमा मात्र होइन सामाजिक सोचलाई पनि फराकिलो पार्नअपरिहार्य छ । महिलालाई  आफ्नो इच्छाले प्रजननको अनुमति दिएर अविवाहित या एकल आमा र तिनका सन्तानलाई जायज  मान्ने होभने यो ९नाजायज ० शृङ्खला कम  हुन्थ्यो कि त १ 

ताजा अपडेट

खोजी गर्नुहोस