बैशाख ०८ गते
तराई तिरको दुलदुल घोडा नाच लोप हुदै गइरहेको छ ।
काठले बनाएको घोडालाई रंगीचङ्गी बनाई कम्मरमा बाँधेर नाच्ने नाचलाई दुलदुल घोेडा भनिन्छ । तराईका भाँट समुदायले नाच्ने यो नाच पहिले पेशागत रुपमा रहेपनि अचेल लोप हुने अवस्थामा पुगेको हो । नाचेर माग्ने भएकाले यो पेशा लोप हुन लागेको भारत बिहार घोडासहन को फिरोज भाँटले बताउनुभयो ।
बाउबाजेले गर्दै आएकोले आफुपनि यसमै लागेको तर छोराहरु बिभिन्न काममा लागेकोले यो पेशा लोप हुने अवस्थामा रहेको भाँटकोे कथन छ । घरघरमा पुगेर नाच देखाएर माग्ने भएकोले यो नाचलाई आफ्ना सन्ततीहरुले छोड्न लागेको भाँटले बताउनुभयो ।
एक दिनमा आफुहरु ३०÷३५ किलो चामल मागरे जम्मा पार्ने गरेको भाँटले बताउनुभयो । वर्ष भरि अरुकाम गरे पनि मंसिर, पुष, माघमा आफुहरु नाच देखाएर नै कमाउने गरेको भाँटकोे कथन छ । ३ जनाको समूहमा रहेका भाँटहरुमा एक जना नाच्ने, एक जना मादल बजाउने र एक जनाले घर घरमा पुगेर माग्ने काम गरेको देखिन्थ्यो ।