सागर संगम ठाकुर । रौतहट । बैशाख ६ गते
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं। ८ मा एक कार्यक्रमका बिच राम जानकी मन्दिरलाई शिलान्यास गरिएको छ । प्रेमपुर गोनाही बजारमा अवस्थीत रहेको श्री राम जानकी मठमा, मठका पुजारी श्री राजिन्द्र दास चौरसियाको अध्यक्षतामा वडा अध्यक्ष हरि राउत पटेलले शिलान्या गरेका हुन । वडा स्तरिय बजेट बाट कुल ५ लाखको लागतमा एक महिनामा निर्माण संम्पन हुने गरि वडा अध्यक्ष पटेलले सो मन्दिरलाई शिलान्यास गर्नु भएको हो । राम जानकी मठलाई निर्माण प्रक्रियामा हुने कार्यलाई रेखदेख गर्न बिधीलाल साहको अध्यक्षतामा ९ सदस्य मन्दिर निर्माण समिती गठन गरेको छन ।जस्मा वडा सदस्य मोहरलाल पटेल, महिला सदस्य श्री देवी ,कामेश्वर बैठा ,सुरेन्द्र पटेल, सतन पटेल ,शिवमंगल पटेल, संजय चौरसिया रहेका छन । शिलान्यास कार्यक्रममा ईलका प्रहरी कार्यलय देवाही गोनाहीका प्रतिनिधी बिभिन्न राजनितीक दलका ब्उक्ती लगाएत स्थानियहरुको बिषेश उपस्थिती रहेको थियो । निकै दयालु स्वाभाव भएका र समाज सेवा प्रति सधै आकर्षित हुने ब्यक्तीको रुपममा परिचीत पटेलले समाज सेवामा सक्रिय भई काम गर्दै आएका छन । आफु निर्वाचित भए देखि वडामा सदियो देखि नभएको बिकाश कार्य आफनो कार्यकालमा गरिएको वडा अध्यक्ष पटेलले बताउनु भयो । जनताको सेवाका लागि आफु वडा अध्यक्षमा निर्वाचित भएकाले जनताको हरेक दुःख सुखमा साथ रहने र आफनो वडाका नागरिकहरु प्रति जस्तोसुकै सामना त्यार गर्नु पर्ने त्यसका लागि आफु पछि नहटने प्रतिक्रिया दिनु भयो ।