बैशाख ११ गते
नेपालमा राजनीतिक स्थिरता आउन नसक्नुको प्रमुख कारण सरकार भन्दा राजनीतिक दलहरू बलियो हुनु हो। हामी कहाँ सरकार कमजोर छ तर राजनीतिक दलहरू अति बलिया छन। राजनीति दलहरूले चाहे भने जे पनि हुन सक्ने स्थिति छ। कस्तो अचम्म१ विकसित देशहरूमा, धनी देशहरूमा सरकार बलियो हुन्छ। सरकारले बनाएको निमय, कानूनको राजनीतिक दलहरुले अक्षरश पालना गर्दछन। तर हामी कहाँ उल्टो स्थिति छ सरकार दलहरूको अगाडि कमजोर छ। राजनीतिक दलहरूले चाहे भने कुनै पनि बेला नियम कानूनमा परिवर्तन समेत पनि हुन सक्छ। संविधानै पनि संसोधन हुन सक्छ।
यसैगरी नेपालमा संसद पनि राजनीति दलहरूको अगाडि निकै कमजोर छ। संसदमा पनि यिनै राजनीति दलहरूको बोलाबाला छ। जबकी संसद भनेको जनताको प्रतिनिधिहरूको संस्था हो। राजनीतिक दलहरू केवल संस्था हुनजनताका निर्वाचित प्रतिनिधि होइन।
राजनीतिक दलहरू बलियो हुने कारण भने रोचक छ। यी राजनीतिक दलहरू जनप्रिय कार्य गरेर शक्तिसाली भएका भने होइनन। देशको आर्थिक विकास तिब्र गतिमा गर्ने। समाजिक एवं राजनीतिक सुधारहरू गर्ने। शिक्षाको स्तर माथि उकास्ने जस्ता एजेन्डा यिनीहरूसँग छैन। आउने पाँच वर्षमा नेपालीकोप्रति व्यक्ति आय वर्तमानको भन्दा दोब्बर पार्ने। नेपाललाई एसियाको नै एउटा प्रमुख पर्यटकीय गन्तव्य तुल्याउने। आउने दश वर्षमा राष्ट्रिय आयलाई तेब्बर पार्ने। यस्ता किसिमका उद्देश्य ९खष्कष्यल० वा एजेन्डा अहिले कुनै पनि राजनीति दल सँग छैन। जनउपयोगी नारा ल्याएर यी राजनीतिक दलहरू बलिया भएका पनि होइन। कुनै समयमा हत्या, हिंसा, लुट मचायाएर केही राजनीतिक दलहरू बलिया भएका छन भने केही जातीय, क्षेत्रीय, साम्प्रदायिक मुद्दा उचालेर बलियो भएका छन। केही भने जनतालाई झूठो सपना ९सर्वहाराहरूको सरकार बन्ने छ० देखाएर बलियो भएका छन। तर अचम्म राजनीतिक दलहरू आवश्यकता भन्दा बढी बलियो छन।
यी राजनीतिक दल र यिनका नेताहरूको प्रकृति पनि रोचक, आश्चर्यजनक एवं अनुमान गर्न नसकिने किसिमको छ। आफ्नो स्वार्थको लागि एक हप्ता भित्रमा फुटेर दस टुक्रा हुन सक्छन। फेरि जुट्न सक्छन। फेरि फुट्न पनि सक्छन। तर यी दलहरू अनेक किसिमले फुटेपनि राजकीय शक्ति आफ्नो हातमा राख्न भने सफल भएका छन। दलहरू फुटेको, नेताहरू एउटा पार्टीबाट अर्को पार्टीमा गएको उदाहरण अनेकौ छ। शेरबहारदुर देउवा, बामदेव गौतम, प्रचण्ड, बाबुराम भट्टराइ, महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो आदिले शक्ति हातमा राख्न कति पटक फुटे कति पटक जुटे, कतिवटा पार्टी बनाए भन्ने कुरा जग जाहेर छ। बाबुराम भट्टराईलाई नै उदाहरणको रुपमा लिउँ। कुनै बेला जनमोर्चामा रहेका भट्टराई माओवादी हुँदै अहिले जसपासँग मिल्न पुगेका छन।
यी राजनीतिक दलहरू यति सम्म बलियो छन कि यिनीहरूले गरेको कोठे गफ र वैठकको आधारमा सरकार पतन हुन सक्छ। आफूले चाहेको व्यक्तिलाई प्रम बनाउन सक्छन। जबकी यो काम संसदले गर्नु पर्ने हो। संसद जनप्रतिनिधिहरूको संस्था हो। उसँग मात्र त्यस्तो कार्य गर्ने अधिकार छ। तर राजनीति दलहरू जनताका पर्तिनिधि होइन। यिनीहरू संसदले गर्ने काम गर्न पाउँदैन। तर पनि गरि रहेका छन।
राजनीतिक दलहरु बलियो भएको, नेताहरूको हातमा अत्यधिक शक्ति भएकोले नै अहिले नेपाली जनतालाई सरकार भन्दा नेताहरूको, राजनीतिक दलहरूको भरोसा लाग्छ। यो कारणले गर्दा पनि कुनै समस्या पर्दा सरकारलाई होइन नेताहरूलाई गुहार्न पुग्छन। नागरिकहरूलाई राम्रो गरि थाहा छ अहिले नेपालमा सरकार भन्दा, न्यायालय, भन्दा, प्रशासन भन्दा नेताहरू बलिया छन। उनीहरूले चाहे भने जे पनि हुन सक्छ। यहाँ सम्म कि नेपालको न्यायालयले अपराधी ठहर गरेर सजाएँ दिएको व्यक्तिलाई राजनीति दलहरुले चाहे भने जेलबाट छुटाएर पनि ल्याउन सक्छन। अपराधीलाई निरापराधी तुल्याउन सक्छन।
एक किसिमले भन्ने हो भने नेपालमा समान्तर किसिमले दुई बटा सरकारले काम गरेको पाइन्छ। एउटा वैधानिक रुपमा संसदले गठन गरेको सरकार अर्को दलहरूले बनाएको छाया सरकार गरी दुई सरकारहरू कार्यरत रहेको पाइन्छ। यहाँ प्रतिपक्षी राजनीतिक दलको छाया सरकार भन्न खोजेको होइन। आफ्नो स्वार्थका लागि फुट्ने र जुट्ने राजनीतिक दलकहरूको समूह उनीहरूको प्रभावबारे भन्न खोजेको हो।
राजनीतिक दलहरूले छाया सरकार जस्तो भएर काम गर्नेप्रथाको विकास भने २०२४७ सालको राजनीतिक परिवर्तन भएदेखि भएको पाइन्छ। पञ्चायत वा राजाको सक्रिय शासनकालमा दुई समानान्तर सकार रहेको स्थिति थिएन। पञ्चायतकालमा सरकारले स्वतन्त्र रुपमा काम गर्न पाउँथ्यो।
वर्तमानमा प्रधान मन्त्री केपी ओली र माधव नेपाल( झलनाथ खनाल, वा ओली र दहाल, अथवा ओली र जसपा बिच हुने द्वन्द वा संघर्ष सरकार भन्दा राजनीतिक दलहरू बलियो हुने परिपाटीले गर्दा भएको हो। राजनीतिक दलका नेताहरू आफ्नो हातमा सरकारको जत्तिकै ‘अधिकार’ होस भन्ने चाहन्छन। प्रमले आफूले भने अनुसारको काम गर्नु पर्ने किसिमले प्रमलाई दबाब दिन्छन। अझै जुन दलको सरकार बनेको छ त्यो दलका उच्च कहिलिएका नेताहरूले त झन प्रम वा सरकारले गर्ने दैनिक कार्यमा पनि हस्तक्षेप गर्न खोज्छन। आफूले चाहेको व्यक्तिले मन्त्री, राजदूत वा उच्च पदमा नियुक्ति पाओस जस्तो गरेर प्रमको कार्यमा हस्तक्षेप गर्छन। कुनै समयमा एमाले ९ओली० सङ्ग गले मिल्न गएका प्रचण्ड पछि ओलीको राजनीतिक शत्रु हुन पुगेका थिए। शत्रु हुनु पुग्नुको कारण पनि त्येही थियो, ओलीले आफूले भने अनुसारको कार्य नगरी दिनु।
जनताका प्रतिनिधि दलहरू होइन, सरकारको हो। सरकारले स्वतन्त्रतापूर्वक काम गर्न पाउनु पर्छ। कुनै पनि सरकार होस, जसपाको, नेकांको वा एमालेको, जसको सरकार भएपनि उसले स्वतन्त्र भएर काम गर्न पाउनु पर्छ। सरकार राजनीतिक दलकहरूको नियन्त्रण एवं निर्देशनमा हुने प्रथाको अन्त्य हुनु पर्छ। कुनै दलको सरकार गठन हुने बित्तिकै ती दलका नेताहरूको घरमा कार्यकर्ता तथा सामान्य जनता समेतको भीड लाग्ने स्थितिको अन्त्य हुनु पर्छ।
यहाँ, यो आलेखमा प्रम ओलीको समर्थन गर्न भने खोजिएको होइन। प्रम ओलीले धेरै विवाद खेप्दै आएका छन। उनको कार्यशैली मन नपराउने व्यक्तिहरू धेरै छन। तर उनलाई सही कार्य गर्न वाध्य गराउने शक्ति विधि हुनु पर्छ राजनीतिक दलहरू होइन। राजनीतिक दलहरूले चाहेको व्यक्ति प्रम हुने नचाहेको नहुने जस्ता परिपाटिको अन्त्य हुनु पर्छ।
सरकारले पनि आफूलाई निस्पक्ष तुल्याउनु पर्छ। जनताको गुनासाहरू सुन्ने, उनीहरूको समस्याको समाधान गरिदिने कार्य तदारुकताका साथ गर्नु पर्छ। यस्तो भएमा जनताको विश्वास सरकारप्रति बढेर जान्छ। व्यक्तिहरू कुनै समस्याको समाधान खोज्न नेताको घरमा जाने प्रथाको अन्त्य हुन्छ। तर अहिले जनता नेताहरूको घरमा धाउन बाध्य छ किनभने उसलाई थाहा छ सरकार भन्दा बलियो अहिले नेताहरूको हातमा रहेको अदृश्य शक्ति छ। नेताहरूले चाहे भने अहिले नै पनि सबै दलहरू मिलेर गृहयुद्द नै मच्चाउन सक्छन। व्यवस्था नै पनि परिवर्तन गर्न सक्छन। माओवादीले कुनै समयमा यस्तै गरेको थियो। दस वर्ष सम्म ९२०५२(२०६३० हत्या, हिंसाको चक्र चलाएर देशलाई आर्थिक र राजनीतिक रुपमा कमजोर पारेको थियो। माओवादी संघर्षको नेतृत्व गर्ने प्रचण्ड अहिले कुन स्थितिमा छन र उनकालागि ज्यान दिने कार्यकर्ताहरूको लागि उनले के गरे जग जाहेर छ।
नेपालका राजनीतिक दलहरूको अर्को पनि एक उल्लेखनीय विशेषता छ। त्यो केहो भने जनप्रतिनिधि भएर काम गर्ने उद्देश्य राख्नुको सट्टा सरकारसँग अधिकार भएझै आफूसँग पनि अधिकार होस भन्ने इच्छा राख्नु। राष्ट्रिय राजनीतिमा सदा शक्तिसाली रहनु। अर्थात प्रशासकीय शक्ति हातमा लिन खोज्नु। यो कारणले गर्दा नै नेपालको राजनीति स्थिर हुन सकेको छैन। सरकार स्थिर हुन सकेको छैन। एक वा दुई वर्षमा प्रम परिवर्तन हुने स्थिति सृजना हुन पुगेको छ।
राजनीतिक दलहरूले प्रशासकीय कार्यमा हस्तक्षेप गर्न कार्य बन्द गर्नु पर्छ। शक्तिमा रही रहने आफ्नो उच्च महत्वाकांक्षामा अंकुस लगाउनु पर्छ। र राजनीतिक दलहरूले देशमा सरकार स्थिर हुने वात्तावरण सृजना गर्नु छ। यस्तो गर्न सकिएमा मात्र देशको आर्थिक एवं सामाजिक विकास द्रुततर गतिमा हुन सक्छ।
विश्वराज अधिकारी
Friday, April 23, 2021