रौशन चौधरी । रौतहट । बैशाख १० गते
रौतहट जिल्लाको राजदेवी नगरपालिकाको एक वडामा भगवती मंदिरको शिलान्यास गरिएको हो । सो नगरपालिका वडा नंबर १ पथरामा शिलान्यास गरिएको हो । रौतहट निर्वाचन क्षेत्र नंबर १ का सांसद माननीय अनिल कुमार झा द्वारा ग्राम भगवती मंदिर को शिलान्यास गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा १० लाख विनियोजन गरिएको छ भने अर्को आर्थिक वर्षमा मन्दिरको सम्पूर्ण काम सम्पन्न गरिने सांसद झाले जानकारी गराउनु भयो । सो अवसरमा जसपा केन्द्रीय सदस्य अनिलकुमार सिंह,धन्नजय मिश्रा , किशोर सिंह ,वार्ड प्रत्यासी शिवनारायण साह सहितका जिल्ला नेता तथा स्थानिय भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।