बैशाख ११ गते
आज लोकतन्त्र दिवस हो । लोकतन्त्रलाई लोकको तन्त्र, जनताको शासन आदि पनि भनिएको पाइन्छ । लोकतन्त्रमा जनताको अधिकार कति रु जनताले आफ्नो अधिकारको उपयोग कसरी गर्ने भन्ने पक्ष पनि चर्चामा आउने गरेको छ ।
कतिपयले के भनेका छन् भने लोकतन्त्रमा जनता सर्वोच्च हुन्छ । जनता सर्वोच्च हुनु भनेको के हो रु जनता मताधिकारमा सर्वोच्च हुनु हो रु उसो भए जनताले दिएको मतको मूल्य कति दिनसम्म कायम रहन्छ त रु
के लोकतन्त्रमा जनताभन्दा दल ठूलो हुने कि नहुने रु गत निर्वाचनमा जनताले आफ्नो भोट दिएर जुन प्रतिनिधिलाई निर्वाचित गरे, ती जनप्रतिनिधिलाई सम्बन्धित पार्टीको अध्यक्षले हटाइरहेका छन् र निजको पद खाली भइरहेको छ । यसले सम्बन्धित पार्टीको अध्यक्षको सर्वोच्चता ती जनता जसले आफ्नो मत पाँच वर्षको लागि दिएका छन्, तिनीभन्दा माथि देखिएको छ ।
कतिपयले के मानेका छन् भने जनताले आफ्नो शासन आफ्नो प्रतिनिधिमार्फत गर्ने हो । निर्वाचनको माध्यमबाट पाँच वर्षको लागि आफ्नो प्रतिनिधि चुन्ने हो र तिनैमार्फत शासन गर्ने हो ।
अर्कोथरि मत के छ भने जनताले आफ्नो प्रतिनिधि सिधै छनौट गर्ने होइन, जनताले आफ्नो प्रतिनिधि पार्टीमार्फत छनौट गर्ने हो र पार्टी नै सर्वोच्च हुन्छ । यदि पार्टी सर्वोच्च हुन्छ भने किन उम्मेदवार उठाउने रु सिधै पार्टीलाई मत दिँदा पनि हुन्छ कि रु जसरी समानुपातिक निर्वाचन प्रणालीमा हुन्छ । यदि समानुपातिक निर्वाचन प्रणालीमा जस्तै प्रत्यक्ष प्रणालीमा पनि पार्टीकै निर्णय सर्वोच्च हुन्छ भने प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिमार्फत जनताको मतको कदर हुन सकेन कि रु
अहिले बहस सुरु भएको छ ।
अझ कतिपयले यो पनि भनिरहेका छन् कि संविधानमा यस विषयमा स्पष्ट व्याख्या छैन ।
लोकतन्त्र दिवसको अवसरमा यस्ता विषयमा पनि छलफल हुनु लोकतान्त्रिक चरित्र हो । देशमा लोकतन्त्र आएपछि विकास र निर्माणको क्षेत्रमा निसन्देह काँचुली फेर्दै गएको छ । जनता र देश अझ समृद्ध बनून् । लोकतन्त्र अझ बलियो होओस् ।