आरके श्रीवास्तव । रौतहट । बैशाख ११ गते
जिल्ला कोविड १९ संकट व्यवस्थापन केन्द्र रौतहटको बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम गौरमा सो बैठक बसेको थियो । आज शुक्रवारका दिन कोरोना माहामारीको व्यवस्थापनको सन्दर्भमा बैठक बसेको थियो । बैठक बाट जिल्ला स्थितका सबै १८ वटै स्थानीय तहहरुले कम्तिमा १÷१ वटा क्वारेन्टिनको तयारी तथा व्यवस्थापन गर्ने,चन्द्रपुर नगरपालिकामा ४० बेडको आइसोलेसन सेन्टर संचालन गर्ने,जयकिसान पोलिटेक्निक इन्ष्टिच्यूटमा आइसोलेसन सेन्टर संचालन गर्ने,कोभिड–१९ को संक्रमण बढी रहेको अवस्थामा कालोबजारी समेत बढन सक्ने भएकोले सबै स्थानीय तहहरुले समन्वय गरी नियमित बजार अनुगमनको व्यवस्था मिलाउने,सबै स्थानीय तहहरुले तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताको रकम जेष्ठ १५ गतेसम्म बैंकमा पठाउन व्यवस्था गर्ने÷गराउने ,सार्वजनिक सवारी साधनमा भिडभाड अत्यधिक हुने भएकोले यात्रीहरुलाई बिना मास्क यात्रा गर्न नदिन तथा सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्न यातायात व्यवसायी संघलाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा जिल्ला स्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, स्वास्थ्य संयोजकहरु, गैससकर्मीहरु, नेपाल पत्रकार महासंघका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बस व्यवसायी संघको प्रतिनिधि, प्यावसन÷एन–प्यावसन, जिल्ला समन्वय समिति, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।