बैशाख १७ गते
यो दुनियाँ बडो अचम्मको छ । यहाँ भएका सम्पूर्ण चिजबिज चाहे जैविक होऊन् चाहे अजैविक वा कृत्रिम नहोऊन् सबैका आ–आफ्नै विशेषताहरु छन्, आधारहरु छन्, सकारात्मक र नकारात्मक पक्षहरु पनि छन् । यिनै विविध पक्ष र विशेषताहरुमाथि टेकेर अडेको सचेत प्राणी हो मानव । मानव विकासको इतिहास र अभ्यासलाई नकोट्याइकन यहाँनेर चर्चा गर्न खोजिएको प्रसङ्ग हो खुसीको । बास्तवमा के हो त खुसी ? यसैका लागि नै हो त सिङ्गो मानव दौडिरहेको ? मानवले आफ्नो उत्पत्तिकालदेखि जे जति उन्नति प्रगति वा आविस्कारका साथसाथै जे जति विनाश पनि ग¥यो के यी सब खुसीकै लागि गरेको हो त ? यो गम्भीर विषय हो । अब त्यो खुसी कसरी नापिन्छ त ? यसको आधार के हो ? विभिन्न विद्वानहरुले गुणस्तरीय जीवन मापन गर्नका लागि केही आधार भने नवनाएका होइनन् । जस्तो कुनै पनि देशका नागरिकहरुको जीवनस्तर मापन गर्नका लागि पि.क्यु.एल.आई.(फिजिकल क्वालिटी अफ लाइफ इन्डेक्स) एच.डि.आई.(हुयुमन डेभलपमेन्ट इन्डेक्स) लाई आधार मान्ने गरेका पनि छन् । यीभित्र पनि अन्य आधारहरु छन् जसको मात्रा र दर देशअनुसार फरक फरक हुन्छन् । गुणस्तरीय जीवन मापन र खुसीमापन ठ्याक्कै एउटै भने होइनन् मात्र तात्विक फरक छ ।
आज म साह«ै खुसी छु भन्नुको मतलव कति प्रतिशत खुसी र बाँकी कति प्रतिशत बेखुसी छ त ? यसको मापन गर्ने औजार सायदै बनेको होला । अझ आजभोलिका नयाँ पुस्ताले जहातँही अंग्रेजी शब्द ह्याप्पीको प्रयोग गर्ने गरेको पाइन्छ । जस्तै ह्याप्पी वर्थ डे, ह्याप्पी म्यारिज एन्निभर्सरी, ह्याप्पी जोर्नी, ह्याप्पी डेज अहेड आदि इत्यादि । यसले के बुझाउँछ भने सबैले चाहेको र भित्रैदेखि मन पराएको शब्द वा चाहना नै खुसी रहेछ भन्नुमा कुनै अतिशयोक्ति नहोला । यस्तो प्यारो चिज खुसी कहाँबाट आउँछ त ? कसरी ल्याउने जीवनमा खुसीको बहार ? यो महत्वपूर्ण विषय हो सवैका लागि । दुईजना विद्यार्थीकै प्रसङ्गबाट सुरु गरौँ न खुसी र वेखुसीको आधार । कक्षामा सधैँभरि प्रथम भइरहने विद्यार्थी अन्तिम परीक्षामा पनि प्रथम नै हुन्छ । सबैले शुभकामना दिइरहेका हुन्छन् । तर स्वयं प्रथम स्थान ओगट्ने विद्यार्थी भने म प्रथम त भएँ तर जति प्रतिशत आउनु पर्ने हो त्यति आएन भनेर घोर चिन्तामा डुबिरहन्छ । उता अनुत्तीर्ण भएको विद्यार्थी एकदमै खुसी हुँदै भन्छ –“म आखिर कमजोर र अनुत्तीर्ण हुने विद्यार्थी न हँु ठीकै छ तर अब म यति मिहिनेत गर्छु कि कक्षाका सबै विद्यार्थीलाई पछाडि पारेरै छाड्छु । हेरौँ त मानवीय सोच । मान्छेलाई जहाँ जे, जति, जुन चिज, साधन र स्रोत उपलब्धता छ त्यसले पुग्दैन । उसको स्वभाव नै बेखुसी खालको छ । चाहना छ खुसी हुने तर त्यस अवसरमा रमाउन सक्दैन ऊ । मानिसले जीवनमा दुईवटा कुराको लक्ष्य राख्नुपर्छ । एउटा चाहेको कुरा पाउने अर्को त्यसमा आनन्द वा खुसी व्यक्त गर्ने । बुद्धिमान मान्छेले मात्र दोस्रोमा सफलता प्राप्त गर्न सक्छ ।
हाम्रो बुझाइमा जससँग धन सम्पत्ति छ, शिक्षा छ, बंगाला छ, गाडी छ, तिनीहरु नै वास्तवमा संसारका खुसी मान्छे हुन भन्ने छ । वास्तवमा मान्छेमा भएका यी वाह्य भौतिक सम्पत्ति र भित्री आध्यात्मिक पक्ष वा सन्तुष्टी फरक कुरा हुन् । यी जति पनि बाहिरी श्रोत साधन तथा सम्पत्ति छन् त्यस माथि राज गर्ने आन्तरिक मन हो । जबसम्म भित्री आत्मा वा मनले बाहिरी बस्तुमाथि आफ्नो नियन्त्रण राख्न सक्दैन अन्तमा कुनै पनि मानवका ती वाह्य भौतिक वस्तु नै खुसी र असन्तुष्टीका प्रमुख कारण बन्न पुग्छन् । हामी भन्दा पहिलेका पुस्ताहरुले पनि आखिर जीवन चलाएका नै थिए । घन्टौँ हिँड्थे । हिड्नुमा खुसी थियो । रमाइलो थियो । तर अहिले बुलेट, टे«न वा हवाइजहाजमा गुड्दा र उड्दा पनि मान्छेलाई हतार छ र तनाव सिर्जना हुन्छ । जीवन दुःखजीलो भएपनि ती खुसी थिए । ती सुविधा जे जति थिए ती अन्तिम थिए । तर वर्तमान समयमा मानवसँग के छैन ? यी सबै छ । तैपनि मान्छे बेखुसी छ । मान्छेले आफूसँग जे जति छ त्यसमा खुसी हुन सकिरहेको छैन । यी सबैको पछाडिको बिकल्प मानवले सोचिरहेको छ । मानव दुरदृष्टि भइसक्यो । धेरै चिजको कल्पना गर्दागर्दै पूर्णता पनि प्राप्त गरिसक्यो । मान्छेमा तुलनात्मक भावना व्यापक छ । त्यस्तै गरि लोभ छ । इष्र्या छ । यी सबै खाले प्रलोभनले गर्दा ऊ आफैँमा पूर्ण र खुसी भएर जीउन नसक्ने भयो ।
वास्तवमा खुसी हुन त्यस्तो लगानी, मिहिनत, समय केही चाहिँदैन । केवल चाहिन्छ सकारात्मक विचार र सोच मात्र । हामीले आफूसँग भएको साधन स्रोतलाई सबभन्दा पहिले पूर्ण मान्न सक्नु प¥यो । टन्न खाना खाइसकेपछि आहा ! मैले सन्तुलित भोजन गरेँ । अब ह्रष्टपुष्ट हुन्छु, बलियो हुन्छु, स्वस्थ हुन्छु भन्ने सकारात्मक भावनालाई मनमा लिइयो भने त त्यस्तै भइन्छ तर हामीसँग सन्तुष्टि नै छैन, गुनासो छ । तुलना छ । नकारात्मकता छ र त रोगी हुनुको विकल्प नै छैन । अनुसन्धानले बताएअनुसार मान्छेको विचार वा मनमा जति नकारात्मकता हावी हुन्छ त्यति नै शरीरले पनि नकारात्मक तथा विषालु हर्मोनको उत्पादन गर्दछ । जब शरीरले विषालु हर्मोनको उत्पादन गर्दै जान्छ तब यसको परिणाम कस्तो आउँछ भन्ने कुरा सबैलाई अवगत नै छ । बूढापाकाहरु भन्ने गर्छन् –“चिन्ताले चित्तामा पु¥याउँछ ।” यो वास्तविकता हो । हामी आफ्नो बलबुताले नभ्याउने स्तरसम्मका कुराको चिन्ता गर्छौँ र दुःखी वा बेखुसी बन्छौँ । वास्तवमा चिन्ता गर्ने होइन चिन्तन गर्ने हो । चिन्ता गर्दा समस्या थप बल्झिन्छ भने चिन्तन गर्दा समस्या समाधान हुन्छ ।
कसैलाई खुसी बनाउन पुरस्कार नै दिइरहनु पर्दैन । एकापट्टि कोही कसैलाई प्रभावकारी तौरतरिकाले कार्य सम्पादन गरेवापत कुनै वाह््य उपहार दिनुपर्ने अवस्था आउन सक्छ । अर्कोतर्फ कुनै पनि व्यक्ति आफूलाई मन परेको ठाउँमा काम गर्न पाउनु, संस्थामा भएका सबैसँग पारिवारिक वातावरण हुनु अनेकतामा एकता हुनु मनपेट मिल्नु, कमै ज्यालामा पनि सन्तुष्टि हुनुजस्ता पक्ष पनि खुसी हुने उपाय हुन् । आत्मसम्मानले पनि त खुसी प्रदान गर्छ गराउँछ । कतिपय मान्छेहरु पुख्र्यौली धन सम्पत्तिका नाममा काटमार र मुद्दामामिला गर्दागर्दै जीवन नै समाप्त गर्छन् भने कतिपयले पुख्र्यौली सम्पत्ति विना नै अथाह सम्पत्ति कमाएका पनि त छन् । सम्पत्ति कमाउन मानिस खुव लागिपरेका छन् । सम्पत्ति कमाउनु, आफ्ना सान बढाउनु सबै खुसी हुने उपाय न हुन् । उतापट्टि त्यति नै आफ्नो सम्पत्ति दान दक्षिणा दिएर खुसी हुने मान्छेको जमात पनि कम छैन । केबल खुसी चाहियो मान्छेलाई । खुसी भन्ने कुरा सन्तुष्टि भन्ने कुरा मान्छेले भोग गर्न सक्नुपर्छ । खुसी भन्ने कुरा किनेर पाइने चिज होइन अनुभव गर्ने कुरा हो ।
मान्छेले बाँचुञ्जेल लोभ, इष्र्या, लालच, तुलनाजस्ता संवेगलाई आत्मैदेखि हटाउन सक्नुपर्छ । जसले यी संवेगलाई हटाउन सक्दैन जीवनमा ऊ कहिले पनि खुसी हुन सक्दैन । जे जति चिजविज साधन स्रोत आज हामीसँग छन ती हिजो अरु कसैसँग थिए र पुनः भोलि अरु कसैका हुनेवाला छन् । यति कुरा सत्य हुँदाहुँदै पनि हामीमा किन यति ठूलो वैरभाव छ कि जसले खुसी हुने बाटो नै बन्द गरिरहेको छ । यहाँनेर जात धर्म, पेशा, उमेर, भूगोल संस्कार, नीति नियम, धनसम्पत्ति ऐश्वर्यको कुरा छैन, मानवीय सोचको कुरा छ । जसले खुसीलाई निर्वाध असर पारिरहेको छ । त्यसैले मान्छेले जहाँसम्म बाँचिन्छ रमेर बाँच्न सक्नुपर्छ । सन्तोषंं परम् सुखम् भनेझैँ सबभन्दा प्रमुख पक्ष भनेको मान्छेले सन्तुष्ट ह्न सक्नुपर्छ । सन्तुष्टि भएर बस्ने मान्छे नै लामो आयु र स्वस्थ शरीर लिएर बाँच्छ । असन्तुष्टि मनमा रिसराग, द्वेष, कुभलो आदि हटाएर बाँचेको मानिस नै वास्तवमा खुसी र सुखी मानिस हो ।