नवीन यादव । राजविराज । सप्तरी । बैशाख १६ गते
जिल्लाको रुपनी गाउँपालिका वडा न।१ का वडा अध्यक्ष विरुद्ध प्रहरीमा उजुरी परेको छ। हातपात र दुव्र्यवहार गरेको भन्दै चार युवाले वडा अध्यक्ष पिताम्बर यादवविरुद्ध राजविराजका युवाहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिएका हुन् । प्रहरीले अनुसन्धानका लागि वडा अध्यक्ष यादवलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय झिकाउन इलाका प्रहरी कार्यालयलाई पत्राचार गरेको इन्स्पेक्टर रामसागर सिंहले बताए ।
राजविराज ६ का दुर्लभ देव, अशोककुमार ठाकुर, राजविराज २ का घुरण ठाकुर र राजविराज १६ का दिपेन्द्र यादवलाई लहानबाट फर्किने क्रममा मंगलबार राति रुपनीस्थित राजविराज सडक खण्डमा वडा अध्यक्ष यादवलगायत १५ जना मिलेर कुटपिट, लुटपिट गर्नुका साथै सवारी साधनमा क्षति पु¥याएको आरोप लगाएका छन् । युवाहरु सवार स।१च ८९१ नम्बरको मारुती भ्यान रोकेर मादक पदार्थ सेवन गरेका वडा अध्यक्ष यादवले वचन दिनासाथ उनका साथीहरुले घेरा हाली कुटपिट, लुटपिट गर्नुका साथै भ्यानमा समेत क्षति पु¥याएको देवले बताए ।
घाइते ठाकुरको राजविराजमा प्रारम्भिक उपचार पछि धरानस्थित बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भएको छ । मदिराले मातेका वडा अध्यक्षले आफूहरूको भ्यानले उनको स।१ प ११११ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई उछिनेर अगाडि बढेको रिसमा पिछा लागेर अगाडिबाट बाटो घेरा हाली हातपात गरेको हुँदा न्यायका लागि प्रहरीमा जाहेरी दिएको देवले बताए । वडा अध्यक्ष यादवलाई पटक–पटक सम्पर्क गर्न खोज्दा फोन उठाएनन् ।