रेणु गुप्ता । बैशाख २२ गते
मानिसको आधारभूत आवश्यकताअन्तर्गत पदछ खाना । अर्थात् मानिस बाँच्नका लागि अत्यावश्यक शर्त खाना हो । कुनै पनि जीवित प्राणीलाई खाना नभई नहुने हुँदैन । यसैले गर्दा कुनै प्राणी जीवित हो वा होइन भन्ने छुट्याउने पहिले आधारको रुपमा खानालाई लिने गरिएको पाइन्छ । खानाले जीवन दिने हो । यसको अर्थ यो होइन कि खानाले जीवनमात्र दिन्छ । खानाले स्वास्थ्य पनि दिन्छ, रोगसित लड्ने शक्ति दिन्छ । यसकारण खाना शरीरलाई चाहिन्छ भन्दैमा जस्तो पायो त्यस्तो खाना खाएर हँुदैन, खानु पनि हुँदैन । स्वस्थ्यकर र पोसिलो खाना शरीरको लागि आवश्यक हुने गर्दछ । विशेष गरी बालक, वृद्घवृद्घाहरुलाई ताजा र स्वस्थ्यकर खाना आवश्यक हुन्छ । अहिलेको विषम परिस्थितिमा त खानपानको निकै महत्व रहेको छ किनकि खानाबाट हामीले ऊर्जा प्राप्त गर्दछौँ र सो उर्जाले रोगसित लड्ने क्षमता प्रदान गर्दछ । त्यसै कारण पनि हामीले खाने खाना शुद्घ, ताजा र पौष्टिकयुक्त हुनु जरुरी छ । भनिन्छ हामीले जस्तो खाना सेवन गर्छौ हाम्रो सोच, हाम्रो मनोभावना पनि त्यस्तै विकास हुन्छ । यस कारणले पनि असल खानपान आवश्यक हुन्छ असल व्यवहारका लागि, असल विचारका लागि । साथसाथै हामी जस्तो खाना खान्छाँै हाम्रो जीवनको बाँच्ने समय कति लामो र कति छोटो हुने हो त्यो पनि निर्धारण गर्ने गर्दछ भनिन्छ । खानाले मानिसको व्यवहार पनि निर्धारण गर्ने कुरा पहिलेदेखि समाजमा चल्दै आएको छ । खानाको प्रकृतिले मानिस हिंसक वा अहिंसक हुने बनाउँछ भन्ने विचार हाम्रो समाजमा धेरै पहिलेदेखि चल्दै आएको हो । यी कुराहरुबाट पनि के प्रस्ट हुन्छ भने जीवनमा खानपानको निकै महत्व रहेको छ । पहिला–पहिलाका ऋषिमुनिहरु आफ्ना जीवन बिताउन वनजङ्कलबाट कन्दमूलहरु लिएर आउँथे, फलफूल टिपेर ल्याउँथे र त्यसैलाई आफ्नो जीवनको आहारा बनाउँथे । अन्नभन्दा पनि फलफूल र कन्दमूल विशेष प्रयोगमा ल्याउने गर्दथे । अन्नलाई गहुगो भोजनको रुपमा लिइन्छ भने फलफूल र कन्दमूललाई हल्का भोजनको रुपमा लिइन्छ । यसलाई हाम्रो शरीरले सजिलै पचाउन सक्छ र आवश्यक मात्रामा पौष्टिक पनि दिने हुन्छ ।
गाउँघरमा र शहरबजारको खानपानमा केही भिन्नता देखिन्छ । गाउँघरतिर प्रायः मानिसहरु बिहानको नास्ता नखाएर एकैचोटि ९–१० बजेको समयमा खाना नै खाने गर्दछन् भने शहरबजारतिर बिहान नास्ता र दिउँसो मात्र खाना खाने गर्दछन् । कामको ब्यस्तता र समयको अभावका कारण अहिले मानिसहरु बिहान उठेर फ्रेस भइसकेपछि हतारहतार नास्ता अर्थात् ब्रेकफास्ट लिने र काममा निस्किने चलन बढ्दै गएको पाइन्छ । दिउँसो फेरि खाजा खाने चलन छ र राती अबेर खाना खाने गरिन्छ । यसरी राती अबेर खाना खाने र अबेर गरी सुत्ने बिहान उठ्ने बित्तिकै फेरि उही ब्रेकफास्ट र दिनभरि कामको टेन्सन अनि अबेर खाजा र खाना अर्थात् हाम्रो शरीरमा भएका पाचन ग्रन्थीहरुलाई पनि मेसिनको जस्तो काम गर्नुपर्ने बाध्यता छ । जबकि खाना अन्न, चिल्लो, अग्निको मिश्रणबाट तयार भएको हुन्छ । जति सजिलो फलफूल पचाउन हुन्छ, कच्चा सागसब्जी पचाउन सकिन्छ त्यति सजिलो खाना पचाउन सकिदैन । हामीले खाएको खाना पचाउन १४–१५ घण्टाको समय लाग्ने गर्दछ भने ताजा फलफूल, सागसब्जीलाई पचाउन ३–४ घण्टाको समयले पुग्छ । जर्बजस्ती कोचीकोची खानाले पचाउन गाहो पर्ने र खाना राम्रोसित पच्न नसकेको खण्डमा पेट सफा हुन सक्दैन र शरीर दिनभरि भारी लाग्छ तथा आलस्य बुझिनै रहन्छ । यसले हाम्रो रोगसित लड्नसक्ने क्षमतामा पनि कमी ल्याउँछ र हामी स्वस्थ्य महशुस गर्न सक्दैनौ जबकि अहिलेको यो प्रतिकूल अवस्थामा हाम्रो रोगसित लड्ने क्षमता बलियो हुनु आवश्यक छ । हामी प्रायःले चाउचाउ, चाउमिन, समोसा, मःमः जस्ता खानेकुरा खाजामा खान मनपराइराखेका हुन्छौँ, त्यस्तै खानामा माछा, मासु, चिल्लो पिरोहरुको प्रयोग पनि बढी नै भएको मन पराउने गरेका छौँ । यस्तो खानालाई पचाउनमा अप्ठ्यारो हुन्छ । जब हामी स्वस्थ्य रहन्छौ तब हाम्रो ध्यान काम र साथीभाइमा ब्यस्त हुन्छ तर जब हामी बिसन्चो हुन्छौँ त्यतिखेर तनावमा हुुनुको साथै आत्तिन्छौ र कति छिटो हामीलाई सन्चो होस् भन्ठान्छौ । कतिपय मानिस यस्ता पनि छन् जो घरको खानेकुराभन्दा होटलको खानेकुरा बढी मन पराउछन् ।
डाक्टर के भन्दछन् भने खाना नपाएर मानिस जति बिरामी हुँदैन, त्यो भन्दा बढी मानिस खान नजानेर बिरामी हुन्छन् । कम खाएर होइन कि मानिस बढी खाएर बिरामी भइरहेका छन् । कोचीकोची वा जर्बजस्ती खाएर बिरामी पर्ने गर्दछन् । त्यसैले बढी नखानु, खानै परेमा ताजा हल्का खानेकुराहरु खाने जसले शरीरलाई स्वस्थ्य र स्फूर्ति राख्न ्सहयोग गर्दछ । सबैभन्दा राम्रो त उपवास बस्नु नै हो । उपवासको अर्थ बिहान खाने नास्ता यदि हामी छोडिदिने हो र राती खाएको खानालाई आरामसित पचाउने मौका दिने हो भने रातीको खाना खाएर सुत्दा जुन आराम हामी प्राप्त गर्दछौ त्यसले हामीलाई बिहानसम्म सजिलै पुग्ने उर्जा दिन सक्छ र हाम्रो पेटलाई केही समय आराम हुन सक्छ । हामीले खाएको खाना पचाउनमा हाम्रो मस्तिष्कले पनि महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ नत्र त मानिसलाई खानाबाट प्राप्त ऊर्जाले पुग्ने भए मानिसलाई दिनभरि काम गरेर थाकेको बेला आराम किन चाहिन्थ्यो र ? खाएरै मात्र पुग्दो रहेनछ, मानिसलाई आराम पनि उतिकै आवश्यक हँुदोरहेछ । जुन मानिसमा खाना पचाउने क्षमता बलियो छ, पर्याप्त निद्रा छ, बिहान खुलस्त दिशा–पिसाब हुने, सहि समयमा सुत्ने र उठ्ने आनीबानी भएकाहरुमा रोग प्रतिरोधात्मक क्षमता पनि राम्रो हुने भएकाले त्यस्ता मानिसहरु निरोग भई लामो समयसम्म बाँच्ने हुन्छन् । महात्मा गान्धी महापुरुष मात्र थिएनन् उनी एउटा विशिष्ट चिकित्साशास्त्री पनि थिए । उनले आफ्नो संस्मरणमा यसरी लेखेका थिए –“जोहान्सवर्ग, साउथ अफ्रिकामा रहँदा कब्जियत हुने गथ्र्यो, जसले गर्दा कहिलेकाही टाउको पनि दुख्थ्यो । खानपिनमा म पूरै ध्यान पु–याउँथे तर पनि समस्यामुक्त भने हुन सकेको थिइनँ । त्यसैले पेट सफा गर्ने र पखाला लगाउने औषधि खानतिर मन जान्थ्यो । त्यसैबखत मैले बेलायतको मेनचेस्टरको शहरमा नो ब्रेकफास्ट एसोसिएसन स्थापना भएको समाचार पढेँ । उक्त समाचारमा लेखिएको थियो–अङ्कग्रेजहरु पटक पटक खान्छन् र धेरै मात्रामा खाने गर्छन्, फलस्वरुप रोगी हुन्छन् । यदि रोगीको उपाधिबाट बँच्ने हो भने बिहानको नास्ता पूर्णरुपले छोड्नुपर्छ । त्यतिखेर मलाई मेरो पनि बानी अङ्कग्रेजको जस्तो लाग्यो । अनि सोचें– यो नास्ता गर्ने बानी नै छाड्नुप–र्यो । छोडिदिएँ । अन्तमा, मलाई महसुस भयो कि पटकपटक खाने र अनावश्यक ब्रेकफास्ट गर्ने बानीले मलाई कब्जियत भएको र टाउको दुखेको रहेछ । ”यसले हामीलाई वास्तवमा हाम्रो जीवनलाई सरल बनाउनमा खानपान अति महत्व राख्ने कुरो प्रस्ट हुन्छ । यदि हामीलाई बिहान नास्ता खानै प–यो भने ताजा फलफुल सबैभन्दा राम्रो मानिएको छ । फलफूल भन्दैमा महंगा खालका फलफूलमात्र नसम्झेर सस्तो र सजिलो किसिमले पाउन सकिने फलफूलहरु पनि हुन सक्छन् । बिहानको नास्ता अन्र्र्तगतका फलफूल खानुलाई प्रसिद्घ पुस्तक प्राकृतिक आयुर्विज्ञानका लेखक डा. राकेश जिन्दल यसरी सम्झाउनुहुन्छ– “प्रातःकाल अथवा बिहान खाएको फल सुन बराबर, दिउँसो खाएको चाँदी बराबर र राति खाएको तामा बराबर मान्नुपर्छ ।” अब हामी यस्तो विषम परिस्थितिमा कसरी खाने र आफू कसरी स्वस्थ्य रहने विचार गरौं ।