उपेन्द्र पासवान । कलैया बारा । बैशाख २१ गते
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले प्रत्येक जिल्लामा ५ सय सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिईएको होे । यहीँ अधिकार प्रयोग गरी जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा निषेधाज्ञा लगाउने कि नलगाउने भनि छलफल भएको छ। आज जिल्ला प्रशासन कार्यालय कलैया बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपालको तीन वटै सुरक्षा निकायका प्रमुख एवं १६ वटै स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु सहित सरोकारवालाको बैठकले जिल्लामा निषेधाज्ञा नलगाउने निर्णय गरेको हो । बढि भिडभाड हुने ठाउँ जस्तै हाट बजार, तरकारी बजार, पसलहरु आंशिक रुपमा सँचालन, सार्बजनिक यातायात तथा सिमानाकामा कडाई गर्ने समेत निर्णय भएको जानकारी प्राप्त भएको छ ।