उपेन्द्र गोले । रौतहट २३ बैशाख ।
कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि विहिवारसम्म रौतहटमा ९ जनाले ज्यान गुमाएका छन । जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको तथ्याँक अनुसार वैशाख १३ देखि २३ गते सम्म ३ महिला र ६ जना पुरुष गरी ९ जनाको कोरोना संक्रमित भई उपचारको क्रममा मृत्यु भईसकेको जनाएको छ । गौर— २ का ७० बर्षिय पुरुषको गौर अस्पतालमा मृत्यु भएको छ भने दुर्गा भगवती गाउँपालिका ५ का ५५ बर्षिय यमुनामाईको शुकदेव चोकमा रहेको निजी अस्पताल शिवदर्शनमा मत्यु भएको रौतहटको प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठद्धारा हस्ताक्षरित तथ्यकाँकमा उल्लेख गरेको छ । माधवनारायण—७ फुलवरियाका ५० बर्षिया महिला वैशाख १५ गते, गढीमाई— ३ पर्साका ५० बर्षिय पुरुष वैशाख २२ गते, कटहरिया—६ फतेपुरकी ६० बर्षिय महिला वैशाख २२ गते, फतुवा विजयपुर—८ का ७० बर्षिय पुरुष र गौर—१ का ५४ बर्षिय चन्द्रीका प्रसाद साह कानुको आज उपचारको क्रममा नारायणी क्षेत्रिय अस्पताल विरगंजमा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिन् भयो । गढीमाई ४ सुन्दरपुरका ३६ बर्षिय पुरुषको वैशाख २२ गते नेशनल मेडिकल कलेज विरगंजमा, दुर्गा भगवती गाउँपालिका ३ मत्सरीका ५४ बर्षिय महिलाको मेडिकल कोरोना अस्पताल वावा होटेल विरगंजमा बुधबार राति मृत्यु भएको बताउनु भयो । विहिबारसम्म रौतहटमा कारोना संक्रमित भई मर्नेहरुको संख्या ९ पुगेको छ भने संक्रमितहरुको संख्या २१३ जना मध्ये २३ जना निको भएको र हाल सक्रिय संक्रमितको संख्या १८९ रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । वैशाख २४ गते राति १२ बजेपछि रौतहटमा ठूला, मझौला, साना सवारी साधनहरु बन्द गर्नुका सार्थ होटेल रेष्टुरेन्टहरु अर्को सुचना नजारी गरुनजेल सम्मका लागि बन्द गरिने समेत यादवले बताउनु भयो ।