श्रीमन नारायण बैशाख २३ गते
हालै सर्वोच्च अदालतले नेपाल–भारत अन्तरराष्ट्रिय सीमा क्षेत्र नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ साथै नेपाल र भारतबीचमा भएका सन्धिहरुको पुनरावलोकन गर्न समेत भनेको छ । सर्वोच्च अदालतको यस पैmसलाले नेपाल–भारत बीचको आदिकाल देखिएको खुल्ला सिमानाको आवश्यकता र औचित्यमाथि प्रश्नचिन्ह उठाउनुका साथै त्रेतायुगकालिन सांस्कृतिक सम्बन्धको औचित्यलाई पनि समिक्षा गर्ने परिस्थिति उत्पन्न गराएको छ । तस्करी तथा अवैध व्यापारको पक्षपाती कोही पनि हुन सक्दैन, हुन पनि हुँदैन तर दुई–चार जनाको अपराधको निम्ति नेपाल–भारत दुईपक्षीय सम्बन्धको दरिलो आधार मानिएको सांस्कृतिक सम्बन्धलाई समाप्त गर्नु बुद्धिमानी हुने छैन । परराष्ट्र सम्बन्ध जस्तो गम्भीर विषयमा एक पटक सरकारको प्रतिक्रियामा जान्नु पनि आवश्यक हुन्छ । नेपाल–भारत खुल्ला सिमाना हाम्रो निम्ति अभिशाप होइन वरदान हो ।
नेपाली जनताको जनादेश प्राप्त सरकारलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्दछ । राज्यका तीनवटै अंग बिच समन्वय, सहकार्य र सदभाव हुनु आवश्यक छ । एकले अर्काको क्षेत्रमा हस्तक्षेप गर्न थालेपछि असन्तुलन उत्पन्न हुन जान्छ र यसले अन्ततः संवैधानिक संकटलाई नै निम्तयाउँछ । परराष्ट्र मामिला जस्तो गम्भीर विषयमा र त्यो पनि नेपाल–भारत सम्बन्धको बारेमा पैmसला गर्नुपूर्व यसका विविध पक्षबारे समीक्षा गरिनु पनि आवश्यक छ । फेरी दुई देश बिचको सन्धि र सम्झौताको संशोधन, परिमार्जन तथा खारेजी कुनै एक पक्षले चाहँदैमा हुने होइन । कोभिड–१९ को महामारीका कारण विगत एक वर्ष देखि भारतको सिमा नाका बन्द नै छ । नया अनुसन्धानले त हावाको माध्यमबाट पनि कोरोना –भाईरसको संक्रमण बढ्न सक्ने सम्भावना व्यक्त गरेको छ । हावालाई रोक्न सक्ने कुनै पनि प्रविधि अहिले सम्म विकसित भएको छैन ?
नेपाल–भारतबीच अवस्थित खुला सिमाना यदाकदा विवादमा आइ नै रहन्छ । भारतले नेपाललाई पूर्व, दक्षिण र पश्चिम गरी तीनतिरबाट घेरेको छ । यी दुई देशबीचको सिमाना १७ सय किलोमिटरभन्दा लामो छ । खुला सिमानाका आप्mनै विशेषताहरू छन् । जुन अरूसित तुलना नै गर्न सकिंदैन । यस्तो खुला सम्बन्ध सभ्यतासितै गा“सिएको र सन् १८१६ को सुगौली सन्धिपश्चात् राजनीतिक सीमा कायम गरिए पनि यथास्थितिमा नै रहिआएको छ । खुला सिमाना नेपाल एवं भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा सशक्त एवं बलियो आधार पनि हो । तसर्थ खुला सिमानालाई बन्द गर्ने अथवा यसलाई नियन्त्रण गर्ने निष्कर्षमा पुग्नुभन्दा पहिले जनस्तरमा स्थापित सम्बन्धको गहिराइ एवं व्यापकतालाई बुझ्नु आवश्यक छ ।
नेपाल–भारत सम्बन्धको भौगोलिक अवस्थिति, ऐतिहासिक तथा सामाजिक एवं सांस्कृतिक कारणको अन्तर्सम्बन्धलाई नबुझीकन भावावेशमा आएर सन्धि खारेज गरी नया“ प्रावधान लागू गर्नु अथवा खुला सीमा बन्द गर्नु जस्ता माग गर्नेहरूले धरातलीय यथार्थलाई बुझ्न सकेका छैनन् । रोजीरोटीको सानोतिनो काम खोज्दै हरेक सिजनमा नेपालबाट भारत अथवा भारतबाट नेपाल आउने–जाने जनसाधारण भनेको हाम्रो सम्बन्धको महŒवपूर्ण एवं बलियो कडी हो । एउटा देशलाई अथवा दुई देशबीचको सम्बन्धलाई राजनीतिक आधारमा मात्रै बुझ्न थाल्ने हो भने त्यसले अर्थभन्दा बढी अनर्थ निम्त्याउ“छ । सीमा बन्द गर्ने, सन्धि खारेज गर्ने अथवा सम्पूर्णरूपमा भिसा प्रणाली लागू गरिनुपर्ने आदि माग गर्नेहरू द्वीपक्षीय सम्बन्धका विरोधी तथा दुवै देशका जनताको भलो चिताउनेहरू कदापि हुन सक्दैनन् । सनातनकालदेखि चल्दै आएको यो सहज, स्वतन्त्र र खुला आवागमनको परिपाटी अध्ययन गर्न पनि रोचक छ, साथै यो एउटा संवेदनशील विषय पनि हो । नेपाल एवं भारतबीचको खुला सिमाना भनेको दुवैतर्पm सीमावर्ती बिन्दुका लागि ‘लाइफलाइन’ हो । दिनहु“ सैकडौं भारतीय तथा नेपाली सडक व्यापारी चनाचटपटेदेखि सब्जी बिक्रेता, घरेलु प्राविधिकहरू कुकर, स्टोभ, ग्या“स, हैन्डपाइप बनाउने मिस्त्रीसम्मको दिनचर्या नै रहेको देखिन्छ । तराई–मधेसमा रोटीबेटीको सम्बन्धदेखि लिएर जनजीविकाको धेरै सानो व्यवहार पनि यसमा गा“सिएको छ । नया“ दिल्ली तथा काठमाडौंको बुझाइभन्दा धरातलीय यथार्थ बिल्कुलै फरक छ । यस कारण पनि सीमा बन्द गर्ने तथा खुला सिमाना प्रतिबन्ध लगाउने कुरालाई कुनै पनि जिम्मेवार एवं संवेदनशील व्यक्तिले समर्थन गर्न सक्दैन ।
नेपालका कतिपय राजनीतिक दलका नेताहरूले तथा कतिपय वामपन्थी निकट विज्ञहरूले भने खुला सिमानाले नेपालको स्वतन्त्र पहिचान, सार्वभौमिकता, भौगोलिक अखण्डता बचाउन गा¥हो भइसक्यो भन्ने टिप्पणी पनि गर्दछन् । यस्ता व्यक्तिहरूको विचारमा खुला सिमानाले भारतजस्तो विशाल जनता भएको देशको मानवीय प्रभाव पर्न सक्नेछ । कतिपयको भनाइ छ, भारतमा नेपाली जति गए पनि समुद्रमा पानी मिसिए सरह हुन्छ तर नेपाललाई भने भारतीय जनसङ्ख्याको चाप थेग्न गा¥हो हुनेछ । जबकि भारतीय विज्ञ बी.सी. उप्रेतीका अनुसार भारतमा रहेका अथवा आउ“दै गरेका नेपालीको पहिचान गर्न यहा“ मुश्किल छ । उनको विचारमा उत्तराखण्डदेखि मुम्बईको एउटा कुनो अथवा पश्चिम बड्डालदेखि कर्नाटकको कुनासम्म नेपालीहरू स्थायी अथवा अस्थायीरूपमा बस्दै आएका छन् । एक अमेरिकी राजनीतिशास्त्री माइनर विनरले ५० वर्ष अघि नै भनेका थिए कि भारतले नेपालको जनसङ्ख्याको दबाब खेपेकोले एक सेप्mटी भल्बको काम गरेको छ । भारतबाट नेपाल जानेको हकमा प्रायःजसो अस्थायी रोजीरोटीका लागि र सीमावर्ती निश्चित क्षेत्रमा बढी आवतजावत हुने गरेको पाइन्छ । विगतका दिनमा नेपालमा शैक्षिक सूचकाड्ढ कम रहेको र प्राविधिकसहितका विषयमा जानकार कम रहेकाले गणित, विज्ञानका शिक्षक तथा जेटी÷जेटिएहरू पहाडको कुनाकुनासम्म भेटिए तर अहिले आएर हामीकहा“ पनि शिक्षाको स्तरमा निकै सुधार भएकोले अब त्यस्ता खाले भारतीय जनशक्तिको प्रभाव निकै घटेको छ । नेपालमा नागरिकताको प्रावधान अनिवार्य गरिएको कारण पनि भारतीयहरूको नेपाल आवागमन कम भएको हुन सक्दछ, साथै भारत सरकारले पनि त्यहा“का जनताको निम्ति अनेकौं लोककल्याणकारी कार्यक्रमहरू चलाएको कारण पनि यस आकर्षणमा कमी आएको हुन सक्दछ ।
हाम्रो देशबाट पनि तराई–मधेसका कृषि मजदुरदेखि पहाडी जिल्लाहरूका निम्न आर्थिकस्तरका तथा गरीबहरू जीविकोपार्जनको निम्ति लाखौंको सङ्ख्यामा बर्सेनि भारत आउजाउ गर्ने गरेका छन् । भारतमा असड्डठित मजदुरको रूपमा काम गरिरहेका लाखौं नेपाली युवाहरूले त्यहा“ काम र जागिरको अवसर पाउनुको मुख्य कारण खुला सिमाना र नेपाल–भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि हो । यही अवस्था भारतीयहरूको पनि छ । सङ्ख्यामा कमी भए पनि तराईका जिल्लादेखि पहाडका जिल्लाहरूमा समेत ससाना प“ूजीमा कारोबार गरेर जीविकोपार्जन गर्नेहरू उतातिरका पनि छन् । तर भारतीयहरूको तुलनामा हामीहरूको सङ्ख्या कैयौं गुणा बढी
छ ।
एसियाली विकास बैंकको स्थानीय निर्देशकको रूपमा नेपालमा रही काम गरेर फर्केका रिचर्ड भोक्सले केही वर्ष अघि भनेका थिए कि नेपाल एवं भारतबीच खुला सिमाना दुवै देशको निम्ति अवसर र चुनौती दुवै हो । चुनौतीलाई राम्ररी सामना गर्न अथवा समाधान गर्न जानियो भने त्यो अवसरमां परिणत हुन जान्छ । खुला सिमानालाई उनले मुख्यतः अवसरको रूपमा परिणत गर्न सक्नुपर्ने कुरामा जोड दिएका थिए । स्वतन्त्र व्यापारको अवधारणा विकसित भइरहेको छ । विभिन्न देशहरूबीच आपसी सम्बन्ध सुदृढ भइरहेका छन् । खुला सिमाना हाम्रो विशेष सम्बन्धको परिचायक हो । दुई देशहरू स्वतन्त्र अस्तित्वमा आउनुभन्दा पहिलेदेखि नै यी सीमा खुला थिए । खुला सिमानाका कारण नै अपराधजन्य घटनाहरू यदाकदा भइरहेका आरोप पनि लाग्ने गरेको छ । तर यसको निम्ति खुल्ला सिमाना मात्रै कारण हुन सक्दैन । सीमा वारिपारि बाक्लो आबादी छ । एक÷दुई व्यक्ति खराब हु“दैमा सम्पूर्णलाई नै गलत ठान्न मिल्दैन । दुवै क्षेत्रका सुरक्षाकर्मी, प्रशासन एवं सीमा क्षेत्रका अधिकारीहरू थप चुस्त दुरुस्त भइदिएमा तथा परस्पर सम्बन्धलाई सहयोगात्मकरूपमा विकसित गरेमा यस्ता खाले छिटफुट घटनालाई पनि रोक्न सकिन्छ । केही घटना त आधुनिक सुरक्षाका सबै खाले संयन्त्रले सुसज्जित देशहरूमा पनि भइरहेका छन् । युरोप, अमेरिका तथा मध्य एसिया एवं पश्चिम एसियाका देशहरूमा खुला सीमा छैनन् तर पनि अपराधजन्य घटना रोकिएका छैनन् । तसर्थ खुला सिमानाको नकारात्मक पक्षतिर बढी ध्यान केन्द्रित गर्नुभन्दा सकारात्मक सोच राख्नु आवश्यक छ । नेपाल–भारत सम्बन्धको कुरा गर्दा मात्रै राजनीतिक वा सामाजिक÷आर्थिक बदलावका कुरा गरे पनि जनस्तरको सम्बन्धले नै हामीलाई जोडेर राखेको छ । समस्या त्यति बेला मात्रै उत्पन्न हुन्छ, जति बेला कुनै पनि मुद्दालाई जब अप्ठ्यारो बुझाइ र अर्थमा प्रस्तुत गर्ने गरिन्छ तर जब हामी सहज भएर हेर्छौं भने यसमा कहीं कतै कुनै समस्या रहेको पाइ“दैन । कुनै पनि विषयलाई कसरी ग्रहण गर्ने भन्ने तरिकामा पनि यो निर्भर पर्दछ । गलत धारणाका कारण नै यदाकदा विवाद र विग्रहको अवस्था पनि उत्पन्न भइआएको हो । हामीबीच समस्या कहीं पनि ठूलो र जटिल छैन, तर असमझदारी र अविश्वास बढी छ । यो नै समस्याको मूल कारण हो ।
दुवै देशका सीमावर्ती जनताबीच सुमधुर एवं सहयोगात्मक सम्बन्ध छ । विगत एक दशकदेखि सीमा क्षेत्रमा सुरक्षाबल पनि तैनाथ गरिएका छन् तर त्यसभन्दा अघि र आज पनि दुवै देशका जनता नै त्यस सीमाका सच्चा रक्षक एवं प्रहरीको रूपमा काम गर्दै आएका छन् । सार्वजनिक जग्गा मिच्ने बानी कतिपय किसानहरूको हुने गर्दछ र यसको परिणति हो, दशगजा मिच्ने जस्ता घटनाहरू भइरहनु तर अब सीमासम्बन्धी गर्नुपर्ने काम ९८ प्रतिशत पूरा भइसकेको छ र बा“की पनि छिट्टै नै पूरा हुने भएकोले सीमा क्षेत्र मिच्ने काम जुन देशका किसानबाट भए पनि अब त्यस्तो घटना नदोहोरिने निश्चित छ । खुला सिमानाका सकारात्मक पक्षबारे चर्चा हुनु आवश्यक छ । केवल नकारात्मक सोचले
समस्या समाधान कदापि हुन सक्दैन । खुला सिमानालाई वरदानको रूपमा विकसित गर्ने दिशामा हाम्रो ध्यान जानुपर्दछ ।