शम्भु पंण्डित । जनकपुरधाम धनुषा । बैशाख २३ गते
जिल्लाको सबैला नगरपालिका वाड नम्बर ४ पटेर्वा टोलमा सडकको पिसिसी ढलान गर्ने क्रममा उपभोक्ता समिति पक्ष र गाउले पक्ष विवाद हुदा दुई दर्जन मान्छे सहित एक प्रहरी असय घाइते भएका छन । घाइतेहरुको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । भने प्रहरी असयलाई समान्य चोटपटक लागेको छ। यता उपचारको लागि प्रादेशिक अस्पताल पठाइएको ब्यक्तिहरुको नाम खुल्न सकेको छैन।यता बिवादमा हात रहेको भन्दै ईलाका प्रहरी सबैलाले एकजालाई पक्राउ गरिएको र घटना सम्बन्धि थप अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यलय सबैलाको प्रहरी निरीक्षक राजेश शिंड्गेलले जानकारी दिएका छन। कोरोना महामारिको जोखिमबाट बचाउन ईलाकालाई सुरक्षा ब्यबस्थामा कडाइ राख्ने गरि निषेधाज्ञा भएकै दिन देखि ईलाका प्रहरी सबैलाको प्रहरी टोलि सहित प्रहरी निरीक्षक आफैले सबैला इलाका भित्र पर्ने गाउलाई अनुगमन गरिरहेका छन।