आके श्रीवास्तव बैशाख २७ गते
मुस्लीमहरुको महान पर्व ईदको अवसरमा अति बिपन्न गरिब तथा असाहाय परिबारहरुलाई नगर प्रमुख सन्तलाल चौधरी र उपप्रमुख शेख रौशन खातुनले संयुक्त रुपमा बृद्धबृद्धा तथा जेष्ट नागरिकहरुलाई सुती सेट लुगा, सेबई डेढ किलो र चिनी आधी किलोको दरले , कुर्ती सुलबार लाउनेहरुलाई सुटका कपडा सबेई चिनी , र बुढापखाहरुलाई लुगी सेट र सेबई चिनी सहित बितरण गरिएको उपप्रमुख खातुनले बताउनु भयो । नगरपालिकाको वडा नम्बर एक देखि नौ वडा सम्मका मुस्लीम समुदायका करिब ६०० जना नागरिकहरुलाई बितरण गरिएको बताउनु भयो । कोरोना भाईरसको समयमा आर्थिक स्थीती कमजोर भएका परिवारहरुलाई ति समाग्रीहरु बितरण गरिएको बताएका छन । उपमेयर खातुनले आफनो नगर भित्र बसोबास गर्ने अति बिपन्न र गरिब परिवारहरुको बेला बेलामा सहयोग गरिदै आएको र आउने दिनमा पनि यस्तो सहयोग गरिने उपप्रमुख खातुनले बताउनु भएको छ । बितरणको क्रममा कार्यक्रममा जनता समजबादी पार्टीका युवा नेता शेख बद्धुदिन भाई प्रहरी चौकी पोखर भिण्डाका सई शन्तोष झा स्थानिय भद्धभलादमी संचारकर्मीहरुको बिषेश उपस्थिती रहेको थियो ।