बहुदरमाईका सोती कलवारको घरबाट ७० केजी गाँजा बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २८, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail


एमडी रेयाज । विरगंज । बैशाख २७ गते
पर्सा प्रहरीले ७० केजी ४ सय ८० ग्राम गाँजा बरामद गरेको छ ।पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुर निवासी ४५ वर्षीय सोती कलवारले लागु औषध गाँजाको कारोवार गर्ने गरेको सूचनाको आधारमा खटिएको प्रहरीले उक्त परिमाण बराबरको गाँजा बरामद गरेको हो ।आइतवार अपरान्ह गस्तिमा गएको प्रहरीलाई देख्नेबित्तिकै मोटरसाइकल चढेर कलवार फरार भएको हुँदा निजको खोजी जारी राखिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए । कलवारको घरमा खानतलासी गर्ने क्रममा उनि सुत्ने कोठाको खाटमुनि लुकाई छिपाई राखिएको ४ वटा बाल्टिनभित्र १६ वटा पोकामा गाँजा बरामद भएको खनालले बताए । कलवारविरुद्ध लागुऔषध गाँजा सम्बन्धि कसूरमा मुद्धा दर्ता गरी आवश्यक् अनुसन्धान अघि बढाइएको र कलवारको खोजी तिव्र रुपमा भइरहेको खनालको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस