नवीन यादव , २७ बैशाख, सप्तरी ।
अप्रत्यासित तरिकाले कोरोना भाइरसको संक्रमण बढेसंगै सप्तरीको स्थानीय तहमा शनिबार राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको पहिलो दिन आइतबार सप्तरीको बोदे बर्साईन बजार सुनसान छ । बजार प्रवेश गर्ने , बोदे बर्साइन नगरपालिकाको वडाहरु , हुलाकी सडक , तथा भारतको बोडरलाई ईलाका प्रहरी कार्यलाई कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासवानले आफैं पुगेर सुरक्षाको विषयमा जानकारी लिदै चेकजाँचमा कडाई गरेका छन् । अत्यावश्यक उपभोग्य वस्तुहरु खाद्यान्न, पानी,दूध,माछामासु, अण्डा, फलफूल तथा तरकारी विक्रीलिने गर्नेलाई मात्र आवतजावत गर्न दिन्छ । यसैगरी एम्बुलेन्स, विरामी बोकेका गाडी, खाद्य, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री बोक्ने गाडी, शव बहान, बैंकको कर्मचारी ,फोहोर व्यवस्थापन गर्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुलाई निर्बाध आवतजावत गर्न दिइएको छ । यधपी निषेधाज्ञाको उलंघन गर्ने एक दर्जन सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।