वर्तमानकाल समाचारदाता । बैशाख २९ गते
रौतहट जिल्लाको माधव नारायण नगरपालिकामा गए राति चार घरमा चोरी भएको छ । वडा नं ६ माधोपुर बस्ने सुरेन्द्र राय, रामबालक यादव,नारायण यादव र मोजा दासको घरमा चोरी भएको हो । मूलढोका हटाएर सुरेन्द्र रायको घरबाट नगद रु १ लाख ,गरगहना कपड़ालाता र मोबाइल सहित अनुमानित ३ लाख बराबरको समान चोरी भएको पीडित रायले बताए । यसैगरी माधोपुर निवासी रामबालक यादको घर बाट ३ लाख बराबर को गरगहना चोरी भएको यादवले बताए छन्। नारायण यादव , मोजा दास को घर बाट लाखो को गरगाहना चोरी गरी लगेको स्थानीयवासीले जनाएका छन् । विश्व अक्रान्त कोभिड १९ कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गरेर घर चलाउनका निम्ति राखेको रकम चोरी भएको सुरेन्द्र रायले बताए। चारै घरबाट करिब ८ लाख बराबर को गरगहना लगेका पिडितहरुले बताएका छन। केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ । एकै रातमा चार घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित भएका छन् ।