नबिन कुमार लहान बैशाख ३० गते ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सिरहाको बिहीबार बसेको बैठकले २०७८ बैशाख ३१ राती १२ः०० बजे देखि जेष्ठ २१ गते राती १२ः०० सिरहा जिल्ला भर लागु हुने निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको अध्यक्षतामा वसेको डीसीसीएमसी बैठकले एक सूचना जारी गर्दै जिल्लामा अगामी जेठ २१ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएका हुन् ।कोरोनाको दोस्रो लहर शुरुभएपछि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेधाज्ञा जारी गरेको थियो । पहिलो चरणको निषेधाज्ञा सकिनु अघि पुनः प्रशासनले अगामी जेष्ठ २१ गते राती १२ः०० बजे सम्मको लागि निषेधाज्ञा थप गरेको हो। बैठकले निषेधाज्ञा अवधि भरी अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासन र सम्वन्धित निकायलाई काडा रुपमा प्रस्तुत हुन आग्रह गरेका छ्न।