
काठमाडौं, १९ वैशाख। इरान युद्धका कारण साउदी अरबमा मदिार आपूर्ति प्रभावित भएको छ ।
साउदी अरबमा मदिरा पारखीहरूले समाचार एजेन्सी रोयटर्सलाई युद्धका कारण मदिराको आपूर्तिमा ढिलाइ भएरहेका बताएका छन् ।
बीबीसीका अनुसार साउदी अरबमा मदिराको एक सरकारी पसल छ । उक्त पसल रियादको कूटनीतिज्ञहरूको सरकारी अवासहरू रहेको क्षेत्रमा छ ।
पछिल्लो पटक मदिरा खरिदका लागि गएका गएका पाँच जनाले पसलमा महङ्गो मूल्य र न्यूनस्तरमा चलेको ब्रान्डमात्रै रहेको बताएका छन् ।
उक्त पसलको कुनै नाम र बोर्ड नराखिएको बताइएको छ । सन् २०२४ मा गैरमुस्लिम कूटनीतिज्ञहरूलाई लक्षित गरेर पसल खोलिएको थियो । गतवर्षबाट पसलले गैरमुस्लिम विदेशी नागरिकहरूका लागि पनि सामान आपूर्ति गर्दै आएको छ ।
साउदी अरबमा सन् १९५२ देखि मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । यद्यपि, विदेशी कामदारहरूलाई आकर्षित गर्नका लागि सरकारले लाइसेन्स लिएर मदिराको पसल खोल्ने सीमित अनुमति दिएको छ ।
