पक्राउ परेका राईलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विराटनगर, १९ वैशाख। झापामा जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् ।
शिवसताक्षी नगरपालिकामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा शिवसताक्षी नगरपालिका–९ बस्ने २३ वर्षीय अमृतधन कुलुङ राई पक्राउ परेका हुन् ।
२०८२ साल माघ २० गते दिउँसो शिवसताक्षी–९ दुधेस्थित आफ्नो पुरानो घरमा लगि जबरजस्ती करणी गरेको भन्दै युवतीले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन् ।
पीडितको जाहेरी परेको दुई दिनपछि वैशाख १६ गते प्रहरी टोलीले राईलाई दुधे चोकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राईलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।