नविन निर्भय यादव सप्तरी जेठ ०४ गते
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाकी नगर उप–प्रमुख आशा चौधरीको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।
चौधरीको विराटनगर स्थित विराट नर्सिङ होम अस्पतालमा मङ्गलवार बिहान ४ बजेको समयमा मृत्यु भएको हो। ३७बर्षय उपमेयरलाई दुई साता अघि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि,उहाँ स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । गर्भवती समेत रहनुभएकी उपमेयरलाई असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो । १० दिन अगाडी अस्पताल भर्ना हुनुभएको उपमेयरलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा सारिएको थियो । मृतक उपमेयर चौधरीका पति र एक छोरा छन् । नेकपा एमालेबाट स्थानीय चुनावमा उप–प्रमुख पदमा विजयी हुनुभएको थियो ।