उपेन्द्र गोले रौतहट ४ जेठ ।
रौतहटको चन्द्रपुर २ मा रहेको अस्थायी कोभिड अस्पताललाई २३ थान अक्सिजन सिलिन्डर मंगलबार हस्तान्तरण गरिएको छ । मंगलवार साझा व्यवसाय सीप विकास प्राली,चन्द्रपुर ४ ले ७।६ किलो तौल भएका २३ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । संस्थाका कार्यकारी निर्देशक सुरेश प्रसाद साहले रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिना,चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी,इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डोरेन्द्र निरौला,गुजरा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद कुमार जयसवाल र संञ्चारकर्मीहरुको रोहबरमा अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नु भएकोे हो । साहले रौतहटभरि खाली सिलिन्डर उपलब्ध गराएमा आफ्नो संस्थाले सिलिण्डर भरेर अस्पताललाई वितरण गर्ने बताउनु भयो । उहाले खाली सिलिन्डर भए तुरुन्त उपलब्ध गराएर अक्सिजनको अभाव टार्ने काममा सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।