एक दिनमै देशको राजनीति कहाँबाट कहाँ पुगिसक्यो । प्रतिनिधिसभाको फेरि विघटन भएको छ । यस विघटनको फेरि सत्तामा रहेको एमाले र राप्रपा बाहेक संसदमा रहेका सबै दलले विरोध गरेका छन् । विरोधमात्र नभएर प्रतिगमनको पुनरावृत्ति भएको भन्दै राजनैतिक तथा कानुनी उपचारको बाटोमा जाने भनेर संयुक्त विज्ञप्ति नै निकालेका छन् । यसबाट यो सिद्ध भएको छ कि सर्वोच्च अदालतमा मुद्दा जान्छ र सडक राजनैतिक कार्यक्रम हुन सुरु हुन्छ ।
अहिले कोरोनाले देश आक्रान्त छ । यस अवस्थामा सबै दल मिलेर देशका नागरिकको जीउ र ज्यानको सुरक्षा गर्नुपर्नेमा अहिले अब झन् सडकमा विरोध प्रदर्शन हुने तथा यसै किसिमको राजनैतिक कार्यक्रम हुने क्रम सुरु हुने भएको छ । अब राजनीतिको समाचारमा देशका नागरिकको स्वास्थ्य कतै दबिने त होइन रु
आउँदो कात्तिक र मंसिरमा आम निर्वाचन हुने घोषणा पनि भएको छ । यसले गाएँ गाउँसम्म राजनैतिक कार्यक्रम वा गतिविधि बढाउने डर पनि भएको छ । यसले कतै फेरि कोरोनाको विस्तारमा सहायक भूमिका निर्वाह गर्ने त होइन रु
देश दुई राजनैतिक विचारको ध्रुवमा विभाजित भएको जस्तो देखिएको छ । यसले फेरि राजनैतिक अस्थिरता र अन्यौलता बढाउने हो कि भन्ने आशंका पनि बढेको छ । केही दिनमा देशको राजनीतिले एउटा निश्चित दिशा लिने अपेक्षा पनि गरिन थालिएको छ ।