रेणु गुप्ता
इतिहास साक्षी छ, बेला बेलामा महापुरुषहरुको जन्म भएको छ यस धरतीमा र ती महापुरुषहरु कुनै न कुनै उद्देश्य प्राप्ति हेतु जन्मिएका कुरालाई पनि हामी नकार्न सक्दैनौ । यस्तै एउटा महापुरुषको जन्म वैशाख पूर्णिमामा भएको हो र उनी संसारभरि गौतम बुद्व, सिद्वार्थ गौतम, शान्तिको अग्रदूत जस्ता अनेकन नाम र उपनामले चिनिएका छन् । यिनलाई एशियाको तारा पनि भन्ने गरिन्छ ।
प्रायः मानिसको स्वभाव कस्तो हुन्छ भने व्यापारीको चाहना हुन्छ कि मेरो छोरो ठूलो भएर मभन्दा ठूलो व्यापारी बनोस्, त्यस्तै डाक्टरको चाहना हुन्छ मेरो छोरो डाक्टर बनोस् भने मास्टरको चाहना हुन्छ छोरो असल मास्टर बनोस् । यसै गरी राजा शुद्वोदनको पनि चाहना थियो मेरो छोरो सिद्धार्थ गौतम मभन्दा पनि ठूलो सम्राट बनोस् तर मान्छेले चाहेर पनि मात्र हुँदोरहेनछ । जसको भाग्यमा जे लेखेको हुन्छ उसले त्यही प्राप्त गर्दछ । हुन त कर्म पनि भाग्य निर्धारणमा ठूलो भूमिका खेल्ने गर्दछ । राजा शुद्वोदन र रानी महामायाले लामो समयसम्म सन्तान प्राप्तिको चाहना गर्दागदै पनि सन्तान पाउन नसक्नु र अब हामी निसन्तानै भएर बाँच्नुपर्ने भनेर सन्तान प्राप्तिीको आशा छोडिसकेका थिए । भतिज देवदत्तलाई नै असाध्यै माया गरेको देखिन्छ ।
सन्तान प्राप्तिको ठूलो चाहना राजा शुद्वोदन र रानी मायावतीलाई थियो । त्यही चाहना पूरा गर्न क्रषिले बताएअनुसारको पुत्रप्राप्ति यज्ञ गर्न तयार हुन्छन् राजा र रानी । नभन्दै यज्ञपश्चात कपिलवस्तु राज्यमा राजकुमार सिद्वार्थको जन्म हुन्छ । सारा कपिलवस्तुवासीहरु खुशीले गदगद भएको बेला देवदत्तकी आमा मंगला रिसले आगो हुन्छिन् र मंगलालाई यो डर हुन्छ कि अब राजा शुद्वोदनले मेरो छोरोलाई माया गर्दैनन् र देवदत्त कपिलवस्तुको युवराज हुन पाउँदैन । राजा शुद्वोदन र रानी मायावतीको खुशीको सिमा नै थिएन् । लामो प्रतीक्षापश्चात दरवारमा युवराजको आगमनले सबै खुशी हुन्छन् । न्वारनको दिन राजकुमारको नामकरण गरिन्छ र मायावतीले चाहेअनुसारकै छोराको नाम सिद्वार्थ राखिन्छ । असित मुनिले भविष्यवाणी गरेअनुसार राजकुमार राजा नभइ संयासी हुने कुरो बताएपछि राजा शुद्वोदन क्रोधित हुन्छन् त्यस क्रषिमुनिमाथि । भविष्यको लेखेको कसैले टार्न नसक्ने र राजा शुद्वोदनले चाहेअनुसारको सम्राट नभएर योगी बन्ने कुरो मुनिबाट थाहा पाउँछन् । यस कुराले राजा धेरै नै चिन्तित बन्न पुग्छन् किनकि राजा शुद्वोदनको ठूलो चाहना थियो मेरो छोरो सम्राट बन्नु पर्छ । त्यही अनुसार राजकुमारको पालनपोषण र शिक्षादीक्षा हुन थाल्यो । शुद्वोदनले सिद्वार्थलाई शिक्षा आर्जन गर्न गुरुकुल नपठाएर गुरुहरुलाई नै दरबारमा राखेर शिक्षा दिने व्यवस्था मिलाए । त्यसमा शुद्वोदनको विशेष प्रयास हुने गथ्र्यो छोरो क्षत्रिय बनोस् र सकेसम्म वैराग, करुणा, दया, माया, दुःख, जन्ममृत्युका कुराहरुबाट उसलाई टाढा राखियोस् । यहाँसम्म कि आमाको मृत्यु भैसकेको कुरो पनि सिद्वार्थलाई थाहा दिइएको हुँदैन । जब उनको विवाह दन्डपानीकी छोरी यशोधरासित हुन्छ अनिमात्र एक दिन उनले आफ्नी आमा जन्मदिएको केही दिनमै बितेको र कान्छी आमाले आफूलाई पालेको थाहा पाउँछन् । वास्तवमा यस्तो गर्नुको कारण यो थियो कि युवराज सिद्वार्थलाई सम्राट बन्नमा कुनै किसिमको बाधा नपरोस् । पुत्रयज्ञको अनुसार बच्चाको जन्मपश््चात छैठीको दिनमा आमाको मृत्यु हुने कुरो मायावतीले मात्र थाहा पाएअनुसार सो दिन उनको मृत्यु हुन्छ र प्राण त्याग्नु अगाडि उनले आफ्नी कान्छी बहिनी जो कान्छी महारानी हुन अर्थात् राजा शुद्वोदनकी कान्छी रानी प्रजापतिलाई जिम्मा लगाएर प्राण त्याग गरेकी हुन्छिन् । आफू यही छोरो जन्माउन यस धरतीमा आएको कुरो मायावतीले प्रजापतिलाई बताउँछिन् देहत्याग गर्नुअघि ।
हुन त भाइबुहारी मंगलाले पनि राजा शुद्वोदन ामु राजकुमार पाल्ने प्रस्ताव अगाडि सारेकी हुन्छिन् तर राजाले आफ्नी जेठी रानी मायावतीले अन्तिम क्षणमा आफ्नी बहिनी प्रजापतिलाई नै सिद्वार्थलाई जिम्मा लगाएकोले राजा मंगलाको प्रस्तावलाई अस्विकार गर्छन् । मंगलाको चरित्र पनि राम्रो देखाइएको छैन । कतै न कतै मंगलाको मनमा सिद्वार्थ नभइदिए मेरो छोरो देवदत्त कपिलवस्तुको राजा बन्न पाउने कुरो अझै पनि उसको मनमा छ र उनी नानाथरिको उपद्रो लगाउन छोडेकी छैनन् । देवदत्तलाई पनि उनी उचालेर सिद्वार्थको विपक्षमा लगाउँछिन् । उनलाई यतिसम्मको दुःख थियो कि सिद्वार्थको विवाहमा सारा कपिलवस्तु खुशी मनाइरहेकोमा उनी दुःखी भई बसेकी हुन्छिन् । राजा शुद्वोदन र रानी प्रजापतिले देवदत्तलाई आफूहरुले सधैं माया गरेको र उसलाई पनि आधा राजपाट दिने भनेपछि बल्ल ऊ सिद्वार्थको विवाहमा सामेल हुन्छिन् ।
तीक्ष्ण बुद्वि, शान्त स्वभावका धनी सिद्वार्थ जस्तो पनि युद्व बिना लडाइको जित्न सफल हुन्थे । एकपटकको कुरो हो कौशल नरेश प्रसन्नजीतसित लड्दा उनले आफ्नो बुद्वि, विवेक प्रयोग गरी ज्यादै चतु¥याइँका साथ युद्व जित्न सफल भएका थिए । उनको बुद्वि, विवेकको प्रयोग देखेर युद्व लड्न आएका सारा राजाहरु झक्क परे । सिद्वार्थ कहिल्यै हिंसा चाहेनन् । उनले हिंसा नगरेर पनि युद्व जित्न सक्ने कुरो साबित गरेर देखाए । युद्वले कसैको पनि हित नगर्ने र जित्ने पक्ष होस् वा हार्ने पक्ष दुवैतिर युद्वले धनजनको क्षति गर्ने र यसले कहिल्यै पनि शान्ति ल्याउनमा मद्दत नपु¥याउने उनको सोच थियो । त्यसैले उनले युद्वमा प्रसन्नजीतलाई हराएर पनि ऊसित शत्रुको व्यवहार नगरी मित्रको व्यवहार गरेका थिए र राजा सिद्वार्थको शुभ विवाहमा आमन्त्रण गर्दा प्रसन्नजीत विवाहमा सहभागी पनि भएका थिए । यद्यपि यस विवाहमा पनि मंगलाका पति द्रुद्धोदनले प्रसन्नजीतलाई उचालेर युवराज सिद्धार्थको विरोधमा पार्न सफल भएको देखिन्छ ।
सिद्वार्थ कसैको आखाँमा पनि आशु देख्न चाहँदैनथें । धनी, गरीब, उँचनिच, युद्व, द्वन्द उनलाई मन पर्थेन उनी चाहन्थे सबै खुशी भएर बाँच्न पाउनु पर्छ । मान्छे मरेको देख्दा, कोही बिरामी परेको देख्दा उनी साहै दुःखी हुन्थे । राजा शुद्वोदनले यस्ता वैराग बनाउने कुराबाट उनलाई टाढा राख्नका लागि उनले एउटा नयाँ नगर नै बनाए जहाँ दुःखी, गरीब, बिरामीहरुमात्र बसेका थिए । एक दिन जब उनले आफ्ना पितासित राज्यको सिमा बाहिर घुम्न जानका लागि आदेश मागे तब राजा शुद्वोदन उनलाई आदेश दिन हिचकिचाए किनकि उनलाई थाहा थियो सिद्धार्थको हृदय कोमल छ र उसले दिन, दुःखीहरुलाई देखेपछि चिन्ता गर्छ तथा वैराग्यभाव उत्पन्न हुन पनि सक्छ । आफूले चाहेको जस्तो सम्राट बन्नमा बाधा आउँछ । सिद्वार्थको जिद्दीअगाडि राजाले हार्नुप¥यो र बाध्य भएर मनले नचाहँदा नचाहँदै पनि सिद्वार्थलाई राज्यको सिमा बाहिर घुम्न जानका लागि आदेश दिनु प¥यो । नभन्दै त्यही भयो पनि, जेको राजालाई डर थियो । त्यस नगरमा दुःखी, गरीब, साना जातका मानिसहरुको बसोबास थियो । त्यहाँ रोगले मर्ने, भोकले मर्ने मान्छेहरु थिए । यी देखेपछि उनी दुःखी हुन्छन् र उनका मनमा राज्यप्रति अनेक प्रश्नहरु जन्मिन्छन् । प्रजा दुःखी हुँदा राजा कसरी खुशी हुन सक्छ ?, प्रजा खान नपाई मरिरहेको अवस्थामा हामी राजदरबारमा अनेकन पकवानहरु खाएर कसरी बस्न सक्ने ? मान्छेको मृत्यु किन भएको होला ? जस्ता प्रश्नमा उनी चिन्तित हुन्छन् । प्रजाको दुःख देखेर उनी दुःखी भएका छन् । दरबारको सुख त्यागेर सन्न्यासीको जीवन बिताउने वास्तवमा उनी महान पुरुष थिए । भौतिक सुखलाई तुच्छ ठान्ने र मनको शान्ति नै सबैभन्दा ठूलो हुने उनको विचार महान र अनुकरणीय रहेको छ । हामी पनि उनको जीवनबाट ठूलो शिक्षा लिन सक्छौ । मानिसमा घमण्ड, ईष्र्या होइन त्याग हुनु पर्छ ।