पवन प्रसाद साह वीरगञ्ज जेठ १४ गरे
बारा जिल्लामा पनि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्लामा कोरोनाको संक्रमण दर तिब्र रुपमा बढिरहेको सन्दर्भमा फेरि आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । पछिल्लोपटक थपिएको निषेधाज्ञा जेठ १६ गते सकिन लागेको थए पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार कोरोनाको संक्रमण चेन ब्रेक गर्न फलदायी देखिएकाले निषेधाज्ञा बढाइएको उनले बताए । थपिएको निषेधाज्ञा जेठ १६ गते राति १ बजेदेखि आगामी जेठ २२ गते राति १२ बजेसम्म लागु हुनेछ । थपिएको निषेधाज्ञा केही थप र संशोधनसहित जारी भएको छ ।