संसारमा धेरै मानिस धुम्रपानले गर्दा मर्ने गरेको छ । मानिसको मृत्युको कारण धुम्रपान हो भन्ने जान्दाजान्दै पनि मानिसले धुम्रपान गरिरहेका हुन्छन् र गरिरहेका छन् पनि । धुम्रपानको हरेक वैधानिक उत्पादनमा लेखिएको पनि हुन्छ कि धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ । धुम्रपानको सार्वजनिक विज्ञापनमा झन्डै रोक लगाइएको अवस्था पनि रहेको छ । सार्वजनिक स्थानमा चुरोट लगायतको धुम्रपान पूर्णरुपमा प्रतिबन्ध लगाइएको पनि छ । धुम्रपानले लिन्छ ज्यान भन्ने भन्ने कुरा थाहा नपाउने कोही पनि नहोलान् । तर पनि साथीभाइको लहलहैमा लागेर तथा अरुभन्दा आफूलाई पृथक देखाउन र अरुले सानका साथ चुरोट तानेर माथितिर उडाउँदै गरेको देखेर वा विभिन्न चलचित्रहरुमा मुख्यत नायक वा खलनायकले चुरोट पिएको देख्दा कतिपयमा मानिस उत्साहित हुन्छन् र बिडी, चुरोट, हुक्का तथा तम्बाकु आदि तान्न थाल्दछन् । अझ घरमा कतिपयले आफ्ना बालबालिकालाई बिडी चुरोट किनेर ल्याउनलाई अह्राउँछन् तथा कतिपयले सल्काएर ल्याउनलाई पनि अह्राएको देखिन्छ । यसरी बालबालिकाका अगाडि चुरोट खाँदा वा अह्राउँदा आफ्ना अभिभावकबाट पनि बालबालिकाले अनुकरण गरेर धुम्रपानको दुव्र्यसनमा लाग्ने सम्भवाना रहन्छ । धुम्रपान अत्यन्त हानिकारक छ । यसले पिउनेलाई बेफाइदा त गर्छ नै, जो चाहिँ नजिक छ, उसलाई पनि नोक्सान पु¥याएको हुन्छ । चुरोट आदिको धुँवा यदि कुनै बालबालिकाको फोक्सोमा प्रवेश गर्दछ भने तिनलाई पनि हानि गरेको हुन्छ । यसकारण सबैभन्दा ठूलो बुधिमानी भन्नु नै धुम्रपान त्याग्नु हो । धुम्रपानले अनेक रोग ल्याउने तथा मानिसको इम्युनिटी शक्ति पनि कमजोर बनाउने हुनाले यसलाई त्याग्नु निकै ठूलो कुरो हो । धुम्रपान नगर्नु, धुम्रपान गर्नेले त्याग्नु तथा अरुलाई पनि नगर्ने सल्लाह दिनुपर्छ । धुभ्रपान कुनै पनि किसिमले शरीर, स्वास्थ्य तथा अन्य दृष्टिकोणले राम्रो मानिने कुरो नभएकोले यसलाई त्याग्नु नै बुद्धिमानी हुन्छ । आज विश्व धुम्रपान रहित दिवसले दिने सन्देश नै यही हो । यस दिवसको सार्थकतालाई हरेकले आफ्नो जीवन तथा आफ्नो परिवारमा लागू गरौँ । धुम्रपान त्यागौँ ।