निश्चित वर्ण र मात्रामा आधारित सुर या लयलाई छन्द भनिन्छ । छन्द संस्कृतको ‘छद्’ धातुमा ‘असुन’ प्रत्यय जोडिएर बनेको हो ।जसको अर्थ कस्नु ,आनन्दित पार्नु, बाँध्नु हुन्छ । छन्दलाई अंग्रेजीमा ‘मिटर’ भनिन्छ । मिटरको समानार्थी नेपाली शब्द मापन हो ।कवितामा रहेको वर्ण र मात्राका आधारमा कविताको लय, गति, यति, ध्वन्यात्मक आरोह अवरोह आदिको मापन गर्ने काम छन्दले गर्दछ । छन्दलाई काव्यको लयात्मक सौन्दर्य निर्माण गर्ने प्रमुख तत्वको रुपमा लिनु उपयुक्त हुन्छ । छन्दले कवितालाई पठनीय, मननीय, श्रवणीय र सम्प्रेषणीय बनाउने कार्य गर्दछ । काव्यको लयात्मक माधुर्यको निर्माण नै छन्दको महत्वपूर्ण कार्य हो । पौरतस्य साहित्यमा छन्दको प्रयोग वैदिक कालदेखि नै रहिआएको छ । वेदका श्लोकहरू छन्दोबद्ध हुनु र वेदका छ अङ्ग मध्ये एक छन्द पनि रहनुले छन्दको प्रयोग प्राचीन समय देखि नै रहिआएको व्यहोरा प्रस्टाउँछ । छन्दलाई नियमबद्ध गर्ने काम आचार्य पिङ्गलले गरेका हुन् । पिङ्गलद्वारा प्रतिपादित सिद्धान्तलाई पिङ्गलसुत्र भनिन्छ । छन्दले काव्यलाई सरस, ललित, रोचक र मधुर बनाउँछ । काव्यको भावको सम्प्रेषणमा सहयोग पुराउँछ । काव्य चिरस्थायी र स्मरणयोग्य बनाउँछ छन्द निर्माण हुन आवश्यक सामग्री या तत्व नै छन्दका अवयव हुन् । छन्द निर्माणमा गति, गण, लय, यति, चिन्ह पङ्क्तिपङ्क्तिपुन्ज आदिको महत्वपूर्ण भूमिका रहन्छ । छन्दका अवयवहरूको निम्नानुसार चर्चा गरिएको गति गति भनेको बहाब हो । कविता पढ्दा एक किसिमको प्रवाह हुन्छ । कवितापाठमा कुनै रोकटोक हुनु हुँदैन । छन्दोबद् र मुक्त दुवै कवितामा गति अनिवार्य निहित हुन्छ । गण छन्दमा रहेको तीनवटा वर्ण वा अक्षरको समूह गुण हो । छन्दसुत्रका रचयिता आचार्य पिङ्गलले ’यमाताराजभानसलगा’ सुत्रका आधारमाआठ प्रकारको गण प्रस्तुत गरेका छन् । ‘यमाताराजभानसलगा’मा दश अक्षर छन् । यी मध्ये तीन–तीन अक्षरका आधारमा एउटा गणसमूह बन्दछ । यसरी गणना गर्दा अन्तिमका दुई अक्षर ‘ल’ र ‘गा’ को तीन–तीन अक्षरको समूह नबन्ने हुँदा यिनको छुट्टै गण भने छैन । गणको नामाकरण सुरुको अक्षरको आधारमा हुन्छ । जस्तैःय गण यमाता, म गण मातारा, त गण ताराज , र गण राजभा, ज गण जमान, स गण सलगा’ चिन्ह लघुमा (क्ष्)र गुरुमा (क्) चिन्ह हुन्छ । एउटा गणमा तीन वर्ण वा अक्षर हुन्छन् तीन वर्ण बुझाउन तीन चिन्हको प्रयोग गरिन्छ। जस्तैःयगणको चिन्ह – क्ष्क्क्लय गीत – कविता आदि गाउँदा स्वरमा हुने उतार चढावलाई लय भनिन्छ ! लयले कवितालाई अन्य विधाबाट अलग्याउने काम गर्छ । लयकविताको प्राण हो । चरण ÷ पङ्क्ति छन्दमा चार पङ्क्ति हुन्छ । पद्य कविताको पडक्तिलाई चरण वा पाद मनिन्छ । चरणलाई नेपालीमा पाउ वा हरफ भन्ने चलन छ । पाउपनि सम र विषम गरी दुई किसिमका हुन्छन् सम पाउले जोर र विषम पाउले विजोरलाई बुझाउँछ । वर्ण अक्षर र मात्राको निश्चित संख्या र क्रमको आधारमा चरणको रचना हुन्छ । पङ्क्तिपुन्ज चरण वा पाउहरूको समष्टि रुपलाई एक पङ्क्तिपुग्ज भनिन्छ । पद्य कवितामा चार चरण वा पाउको एक पङ्क्तिपुन्ज मानिन्छ छन्दका प्रकार छन्दको प्रकारवारे छन्दशास्त्री तथा विद्वानहरुको एकै प्रकृतिको मत पाइँदैन । कसैले वार्णिक , मात्रिक , लोकलय तथा अन्य छन्द भनी उल्लेख गरेका छन् , कसैले शास्त्रीय र मुक्त गरी दुई किसिमको हुन्छ भनी उल्लेख गरेका छन् त कसैले शास्त्रीय , लोकछन्द , आगन्तुक , मुक्त आदि भनी उल्लेख गरेका छन् । विद्वानका उपर्युक्त सन्दर्भलाई ध्यान दिदै छन्दलाई मूलतः ४ प्रकारमा विभाजन गरी अध्ययन गर्नसकिन्छ । ती हुन शास्त्रीय ,लोक छन्द मुक्त छन्द र आगन्तुक छन्द १ शास्त्रीय छन्द शास्त्रीय छन्दअन्तर्गत दुई भेद छन् ः वार्णिक र मात्रिक । हस्व – दीर्घको मात्रा गणना गरेर निश्चित मात्रा भएका अक्षरपङ्क्ति वा पाउ मिलान गरी निर्माण गरिने छन्दलाई मात्रिक छन्द भनिन्छ । निश्चित वर्ण वा अक्षरसङ्ख्याको मिलान गरी निर्माण गरिने छन्दलाई वार्णिक छन्द भनिन्छ । २ लोक छन्द नेपालको भौगोलिक , सांस्कृतिक , सामाजिक तथा जातीय विविधताअनुरूप लोकगीत परम्पराका पनि प्रशस्त विविधताहरू छन् ।लोकछन्दअन्तर्गत लोकलयमा आधारित विभिन्न ढङ्ग ढाँचाका गीति छन्दहरू पर्दछन् । तामाङ सेलो ,देउडा , विभिन्न किसिमका सवाइ , झ्याउरे , भजन तथा अन्य विविध प्रकारका लोक दोहोरी र गीति – गाथाहरूलाई लिन सकिन्छ । ३ मुक्त छन्द नियम र नियन्त्रणको सीमाबाट मुक्त गद्यात्मक कविता हरु मुक्त छन्द अन्तर्गत पर्दछन् । रबर जस्तै तन्काउन र खुम्च्याउन सकिनेहुनाले गद्यात्मक छन्दलाई रबर छन्द पनि भन्ने गरिन्छ । यस्ता छन्दका कविताहरूको पठन र उच्चारणमा लयात्मक आरोह – अवरोहकोस्थिति रहन्छ । ४ आगन्तुक छन्द आगन्तुक छन्दअन्तर्गत संस्कृत तथा नेपाली परम्पराभन्दा बाहिरका अथवा विदेशी परम्पराबाट भित्र्याइएका छन्दहरूलाई लिन सकिन्छ ।गजल , कवाली , रूवाइ , सायरी तथा जापानी परम्पराका हाइकू र अन्य कतिपय छन्दहरूलाई यसअन्तर्गत राख्न सकिन्छ ।