उपेन्द्र गोलेरौतहट १९ जेठ ।
रौतहटको गौरबाट पानी तान्ने मोटरसहित एक जना प्रहरीले पक्राउ गरेको छ । गत जेठ १३ गते रौतहटको गौर नगरपालिकाको वडा नम्बर १ स्थित दिनेश प्रसादले ना२च ४३७३ नम्बरको पिकअप जिपमा जेटिएल वास मोटर पम्प लेखिएको ८ थान पानी तान्ने मोटर गाडीको सिसा फुटाइ चोरी गरेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट चोरी गर्ने मानिस र मोटरहरु खोजतलास गर्ने क्रममा चोरी भएका ७ थान पानी तान्ने मोटर गत जेठ १६ गते रौतहट गौर नगरपालिका वडा नं। १ स्थित विष्णु मानन्धरको खेतमा पेला परेको थियो । ७ थान मोटरमध्ये १ थान मोटर मंगलबार बिहान गौर नगरपालिका वडा नं। १ बस्ने वर्ष २६ का दिपेन्द्र पासवानले साईकलको क्यारियरमा राखी लैजादै गर्दा प्रहरीले गौर नगरपालिका वडा नं। ५ स्थित वडहर्वा पुलमा फेला पारेका थिए । पासवानलाई सोधपुछ गर्दा ७ थान मोटरहरु निजले नै चोरी गरी विष्णु मानन्धरको खेतमा लुकाई १ थान मोटर बिक्री गर्न भारत तर्फ लैजादै गरेको पासवानले बताएको प्रहरीले जनाएको छ । पासवानलाई पक्राउ गरी चोरी गरेका ८ थान मोटर बरामद गरी जिल्ला अदालत रौतहटबाट ८ दिनको म्याद थप अनुमती लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।