मुख्यमन्त्रीका स्वकीय सचिव भन्छन् सुरेन्द्र झाको हैसियत थाह छ मलाई

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २०, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
मुख्यमन्त्रीका स्वकीय सचिव भन्छन् सुरेन्द्र झाको हैसियत थाह छ मलाई

राजन झा जेठ १९ गते
जनकपुरधाम स् नेता महन्थ ठाकुर नजिक एवम जसपाका केन्द्रीय सदस्य सुरेन्द्र झालाई प्रदेश २ मुख्यमन्त्रीका स्वकीय सचिव जितेन्द्र यादवले खुल्ला बहसको चुनौती दियका छन् ।
मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव यादवले केन्द्रीय सदस्य सुरेन्द्र झालाई हैसियतको बारेमा राजनीतिक बहस गर्न चुनौती दिएका छन् । सुरेन्द्र झालाई मेरो खुल्ला चुनौती ,हैसियत कसलाई भन्छ तपाई संग म राजनीतिक बहस गर्न तयार छु – अहिलेको लागि यति मात्र पार्टीमा हैसियत उसैको हुन्छ जसले पार्टीबाट बिधान, नियमावली,निर्णय र निर्देशन मान्ने व्यक्ति हुन्छ ।उनले आफ्नो फेसबुकमा लेखेका छन्। केन्द्रीय कार्यकारिणी समितिको निर्णय नमान्नेलाई हैसियतवाला व्यक्ति मान्ने हो त भन्ने प्रश्न तेस्राउदै यादबले महन्थ ठाकुरलाई अध्यक्षको हैसियतमा बसी लेटरप्याड फर्जी प्रयोग गर्ने,चलानी नम्बर फर्जी लेख्ने ,सहमति गरि धोखा दिने ृपार्टी फोड्न बिपक्षि संग साँठघाठ गर्ने व्यक्ति बताएका छन् । उनले हैसियत बालाले भनाउदाले पार्टीबाट लेटरप्याडमा जारि गरेको बिज्ञप्ति केन्द्रिय कार्यलय बालकुमारी,काठमाडौँ रहेकोमा चलानी नम्बर खाता सोहि कार्यलयमा रहेकोले सत्य तथ्य जाचबुझ गरि हैसियत देखाई दिन चुनौती समेत दिएका छन।

ताजा अपडेट

खोजी गर्नुहोस