दिपेन्द्र जयसवाल,बारा जेठ १९ गते
करैयामाई गाउँपालिकाको कृषि शाखा करैया बाराको सहयोग र पौराइमाई कृषि सहकारी संस्था लिमिटेड पिपरा तथा माछा पकेट समन्वय समिति करैयामाई गाउँपालिका वडा नं।७ करैया बाराको संयुक्त आयोजनमा सो माछाको भुरा बितरण ग।रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट अन्तर्गतका किसानहरूलाई माछाको भुरा बितरण ५० ५ अनुदानमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले बताउनु भएको छ । सो माछाको भुरा बितरण समाग्रीले वडा नं।७ को माछा पालक किसानहरू लाभाम्बित हुने माछा पालक स्थानिय किसानहरूले बताएका छन् । सो माछाको भुरा समाग्री बितरण कार्यक्रममा करैयामाई गाउँपालिकाको कृषि शाखाका अभिनाश थापा लगायत स्थानिय माछा पालक किसानहरू र स्थानिय बासीन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।