उपेन्द्र गोेले रौतहट १९ ।
रौतहटमा एक प्राइभेट अस्पतालले कोरोनाका बिरामीहरुलाई शतप्रतिशत ठिक पारेको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ५ झाझपुलमा सञ्चालनमा रहेको रौतहट ग्राण्डि एण्ड आखा अस्पताल प्रा.लीले छोटो समयमा नै कोरोना भाइरसको महामारीको लडाइमा सफलता हासिल गरेको छ । रौतहटमा पछिल्लो समय कोरोना भाइरसको उच्च जोखिमका रहेको बेला रौतहट ग्राण्डि एण्ड आखा अस्पतालका स्वास्थ्यकर्मीहरुले कोरोनाका बिरामीहरुलाई शत प्रतिशत निको पार्न सफल भएको हो । नेपाल सरकारले होमआइसोलेसनमा नै बस्न प्राथमिकता दिएपछि रौतहटका कोरोना संक्रमितहरु घरमा नै बसिरहेका छन । रौतहट लगायत सर्लाही , महोत्तरी , धनुषाका २५ जना संक्रमितहरु आफ्नो अस्पतालमा उपचारपछि ठिक भएको डाक्टर राकेश स्वर्णकारले बताउनु भयो । कोरोना संक्रमितहरु अन्तिम अबस्थामा फोक्सोमा भाइरसले आक्रमण गरिसकेको अबस्थामा आउने गरेको र अक्सिजन बिना बाच्न नसक्ने अबस्थाका अस्पतालको अथाह प्रयासपछि बिरामीहरुले कोरोना जित्न सकेको डाक्टर स्वर्णकारले बताउनु भयो । कोरोनाको लडाइमा रौतहट ग्राण्डि एण्ड आखा अस्पतालमा उपचारमा कुनै कमी नरहेको संक्रमितहरुले बताएका छन । गत बर्ष २०७७ फागुन २६ गतेबाट सञ्चालनमा आएको सो अस्पतालले कोरोना भाइरसको दोस्रो लहरको संकटको घडीमा २०७८ बैशाष २४ गतेबाट सुविधा सम्पन्न कोभिड वार्ड सञ्चालनमा ल्याएको थियो । अस्पतालमा भेन्डिलेटरसहित आइसियु ,अक्सिजन लगायतको सुविधा रहेको छ । रौतहटको मध्य भाग गरुडामा रहेको यस अस्पतालमा सहज सरल र सुविधा सम्पन्न सेवा प्रदान गर्नेमा कुनै कन्ज्युसाइ नहुने सञ्चालन डाक्टर सञ्जीव जयसवालले बताउनु भयो ।