आरके श्रीवास्तव । रौतहट । जेठ १९ गते
रौतहटमा सहिद परिवारलाई सहयोग गरिएको छ ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले मधेश आन्दोलनका शहिद राजकिशोर ठाकुरका परिवारलाइ नगद सहित खाद्यान्न उपलब्ध गराउनु भएको जानकारी गराइएको हो । जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नम्बर ०३ घर भइ हाल अमेरिकामा बसोबास गर्दै आइ रहनु भएका युवा नेता प्रकाश भाइ मधेसीयाले उपलब्ध गराउनु भएको १० हजार नगद तथा चामल २५ किलो , दाल ५ किलो, सोयाबिन १ किलो, खानेतेल ०२ लिटर, आलु ५ किलो, प्याज ५ किलो , बिस्कुट १ डिव्वा शहिद ठाकुरका श्रीमती अन्शु देवि ठाकुरलाई हस्तान्तरण गरिएको महासंघ रौतहटका अध्यक्ष झाले जानकारी गराउनु भयो । इशनाथ नगरपालिका वडा नम्बर ०४ घर भएका शहिद परिवार ठाकुरलाई हस्तान्तरणको अवसरमा नेपाल पत्रकार महासंघ रौतहट का उपाध्यक्ष प्रवीण कुमार शर्मा , पत्रकार किशोरि यादव लगायतका ब्यक्तिको उपस्थिति रहेको थियो ।