मानिस सामाजिक प्राणी हो । ऊ समाजमा बस्छ र बस्ने क्रममा उसले धेरै जनासँग आपm्नै किसिमको व्यवहारहरु गरिरहेको हुन्छ । यसरी गरिने व्यवहारहरु कहिलेकाहीँ आफ्नो अनुकूल नहुन पनि सक्दछ जसको कारण मानिसको व्यवहारमा परिर्वतनहरु आउन थाल्दछन् र त्यो परिवर्तनले मानिसको व्यवहार समेतलाई प्रभाव पार्ने गर्दछ । पहिला गर्ने व्यवहार र अहिले समस्यामा परेपछिको व्यवहार बिल्कुलै फरक किसिमको पनि देखिन सक्ने हुन्छ । यो फरक किसिमको व्यवहार सकारात्मक पनि हुन सक्छ र नकारात्मक पनि । समाजको कारण मानिसको मनमा समस्या उत्पन्न हुन्छ र त्यसले जीवनमा प्रभाव पार्दछ भन्ने हो । यसरी समाजको कारण मनमा परेको समस्याले कसैको व्यवहारलाई समेत नकारात्मक किसिमको परिर्वतन गर्दछ भने त्यो मनोसामाजिक समस्या हो ।
मानिस असन्तोषी प्राणीको रुपमा चिनिदै आएको छ । कहिलेकाहीँ यस्ता असन्तोषका कारण पनि हाम्रो मन र व्यवहारमा परिवर्तनहरु आउने गर्छन् र त्यो परिर्वतनले हाम्रो दैनिक क्रियाकलापलाई समेत असर पु¥याउने गर्दछ । यस्तै –यस्तै असन्तोषहरुका कारण, चित्त नबुझ्नाका कारण हाम्रा व्यवहारहरु विस्तारै –विस्तारै परिर्वतन हुन थाल्दछन् । व्यवहारमा आएका यिनै परिवर्तनहरु मनोसामाजिक समस्या हुन भन्दा पनि हुन्छ ।
मनोसामाजिक समस्याले मानिसको व्यवहारसमेतलाई परिवर्तन गर्ने भएकाले यसलाई कसरी पहिचान गर्ने र यसलाई कसरी समाधान गर्ने भन्ने कुरो ठूलो हुन आउँछ । सबैभन्दा ठूलो र महत्वपूर्ण कुरो त समस्या आउनै दिन हुदैंन तर समस्या आइहाल्यो भने हामी तुरुन्त त्यसको समाधान खोज्नु पर्दछ । निद्रा नलाग्नु, भोक नलाग्नु, चिन्तित देखिनु, मन छटपटाउनु, एकोहोरो हुनु, सम्झना शक्ति कमजोर हँुदैं जानु, बरबराउनु, घटनाको झ–झल्को आउनु, निद्रामा चिच्याउनु जस्ता लक्षणहरु देखा पर्नु मनोसामाजिक समस्याका लक्षणहरु हुन् । कहिलेकाहीँ कुनै मानिस कुनै घटनामा पर्दा वा घटना देख्दा वा आफन्त गुमाउँदा वा भनौं द्रन्द्व महामारी जस्ता प्रकोपमा पर्दा यस्ता मनोसामाजिक समस्याहरु उसमा देखा पर्न सक्छ । कहिलेकाहीँ त्यै घटनाले कसैलाई असर गर्दैन र कहिलेकाहीँ भने त्यै घटना कसैको लागि समस्याको रुप लिइहाल्ने गर्दछ । यस्तो हुनुमा मानिसभित्रको सामना गर्ने क्षमतामा भर पर्ने कुरो हो । कसैको यदि सामना गर्ने क्षमता दरो छ भने उसलाई ठूल्ठूला समस्याले पनि असर गरिराखेको हुदैंन तर कसैको सामना गर्ने क्षमता कमजोर छ भने उसलाई स–साना घटनाले पनि असर गर्न थाल्दछ । यस्तो असर मनोविज्ञानमा र मनोविज्ञानबाट व्यवहारमा परिरहेको हुन्छ ।
वास्तवमा मनोसामाजिक समस्यामा परेकाहरुलाई कुराकानीको माध्यमले भावनात्मक सहयोग पु–याउनु नै मनोविमर्श हो । मानिस शारीरिक रुपले मात्र बिरामी नभई यसरी भावनात्मक रुपले पनि बिरामी पर्न सक्दो रहेछ भन्ने कुरो हामीले बुझ्नु आवश्यक हुन्छ । शारीरिक समस्यालाई हामी सजिलै देख्न सक्छौ, बुझ्न सक्छौ । जस्तै कसैलाई ज्वरो आएको छ भने जीउ तातो हुने, अनुहार रातो देखिने, जाडो महशुस हुने, खान मन नलाग्ने वा भनौँ थर्मामिटरले शरीरको तापक्रम नाप्दा अन्य सामान्य अवस्थाभन्दा बढी तापक्रम देखाएको हुन्छ । यस्ता लक्षणले हामी ज्वरो आएको सजिलै थाहा पाउन सक्छौ तर यदि कसैलाई मनोसामाजिक समस्या परेको छ भने यसरी बाह्य लक्षण सामान्यतयया कतैबाट वा कुनै पनि देखिँदैन । कुनै थर्मोमिटरको प्रयोगले नाप्न पनि सकिँदैन, तत्काल कुनै औषधि दिएर एकै छिनमा ठिक भइहालोस् भन्ने पनि हुँदैन । यस्तो मनोवैज्ञानिक वा मनोसामाजिक समस्याबाट छुट्कारा दिलाउन भावनात्मक सहयोग आवश्यक हुन्छ ।
कहिलेकाहीँ यस्ता देखिने समस्याहरु एउटा ब्यक्तिमा मात्र पनि देखिन्छ भने कहिलेकाहीँ यी समस्या सामूहिक रुपमा पनि देखापरिरहेको हुन्छ । जस्तै अहिलेको विषम परिस्थितिको कुरो गर्ने हो भने कोरोनाबाट संक्रमितहरुले आफ्ना आत्मबल गुमाएको अवस्था त छदैछ सँगसँगै घरपरिवार, नातागोता, आफ्न्तहरुले समेत आत्मबल कमजोर बनाइदिएको अवस्था पनि छ । हरेकको मनमा एक किसिमको डर छ, भय छ, सबैमा चिन्ता छ त्यो चिन्ता अनेकन विषयलाई लिएर हुन सक्छ । जस्तै ः ज्यानको सुरक्षा, व्यापार, शिक्षा, रोजगार, आफन्त गुमाएको आदि । टोल छिमेकको वा अत्यन्त नजिकको मित्र, आफन्त वा सहृदयी वा अत्यन्त प्रिय मानिस गुमाएको अवस्था पनि हुन सक्छ । यस्ता कारणले एक वा एकैचोटि एकभन्दा बढी मानिसमा मनोसामाजिक समस्या देखिएको हुन सक्छ । यस्ता एकै किसिमका समस्या भएकाहरुलाई भावनात्मक सहयोगको लागि मनोसामाजिक विमर्श वा मनोविमर्शको आवश्यकता हुन्छ । धेरै जना समस्यामा छन् भने एकैचोटि पनि मनोविर्मश सेवा दिन सक्छौं भने छुट्टाछुट्टै समस्या भएकाहरुका लागि छुट्टाछुट्टै पनि मनोविर्मश सेवा प्रदान गरेर सहयोग पु–याउन सकिन्छ । जसले कोरोनाको कारण आफ्न्त गुमाएका छन् त्यस्ताहरुमा मनोसामाजिक समस्या लामो समयसम्म रहने सम्भावना हुन्छ ।
केही परिवारहरु यस्ता पनि छन् जुन परिवारमा एकभन्दा बढी जनामा कोरोना संक्रमण देखिएको छ, एकभन्दा बढीमा मनोसामाजिक समस्या देखिएको छ । हामी कल्पना गरौं त्यस्ता परिवारको अवस्था कस्तो होला अहिलेको समयमा । कतिपय ठाउँका मानिस यस्ता पनि छन् जहाँ कोरोनाको भ्याक्सिनको सम्बन्धमा लिएर गलत विचार पालेका छन् । कोरोनाको भ्याक्सिन लिएमा ज्यान जान सकछ भनेर गलत अफवाहहरु पनि फैलिएका छन् त्यस्ता ठाउँहरुमा गएर वा त्यस्ता ब्यक्ति जो यस सम्बन्धमा गल्त सोच राखेका छन् त्यस्ताहरुलाई पनि मनोविमर्श गरेर उसभित्र रहेको गलत सोच हटाउन मदत गर्न सकिन्छ । वास्तवमा मनोविमर्शको मुख्य काम भनेको त्यस्ता मानिस जो भित्रबाट आफूलाई कमजोर ठान्छ, जो आफूलाई एक्लो ठान्छ त्यस्ता मानिसहरुमा आत्मबल बढाउन यो सही साबित हुन सक्छ । हामीले देखेका, सुनेका आत्महत्याका मुद्दाहरुमा विशेष गरी समस्यामा परेका ब्यक्ति आफूलाई एक्लो महशुस गर्ने, आफूलाई कसैले पनि वास्ता नगरिदिएको ठान्नु र अन्त्यमा उसलाई आफ्नो समस्या सबैभन्दा ठूलो लाग्नु र त्यस समस्याबाट छुट्कारा पाउन उसले आत्महत्या समेत गर्न पुगेको हुन्छ । आत्महत्या कसैले पनि गर्नुहुँदैन, यो जघन्य अपराध हो । साथै आत्महत्या गर्नमा उसको मनोविज्ञान पनि जिम्मेवार हुन्छ भन्ने कुरा पनि बुझ्नु पर्छ । मनोवैज्ञानिक समस्यामा परेकालाई मनोविमर्शले राहत दिने हुन्छ । यो मानसिक सपोर्ट हो, सकारात्मक सोचाइ वा चिन्तन ल्याउने परामर्श सेवा हो । आफू सुरक्षित रही अरुलाई पनि भावनात्मक सहयोग पु–याउने एउटा काउन्सेलरको प्रमुख काम हो ।
आजभोलि कोरोनाको कहरले मानिसको घरव्यवहार, कामकाज ठप्प पारिरहेको अवस्था र मानिस मानसिक तनावमा भएको अवस्थामा विभिन्न संघसंस्था र सञ्चारका विभिन्न माध्यमहरुले मनोसामाजिक समस्याका कुराहरु उठाउनु स्वभाविक नै हो । मानिसलाई खान पुगेर, लाउन पुगेर पनि यदि उसको मनमा सन्तुष्टि छैन, मन शान्त छैन भने उसलाई हामी मानसिक रुपमा रोगी नै भन्नु पर्ने हुन्छ किनकि स्वास्थ्यको परिभाषाले के पनि भन्दछ भने मानिस स्वस्थ्य हुनका लागि ऊ शारीरिक रुपले मात्र स्वस्थ्य भएर हुँदैन उसलाई पूर्णरुपले स्वस्थ्य हुनका लागि मानसिक रुपमा पनि स्वस्थ्य हुन आवश्यक हुन्छ । यसरी मानिसलाई लामो समयसम्म यस महामारीको प्रभावमा पर्न नदिई उसलाई पुनः पहिलाको अवस्थामा फर्काउन, उसको आफ्नो दैनिक क्रियाकलापमा सहभागी गराउन र कोरोनाले पु–याएको क्षतिलाई बिर्सिन मनोसामाजिक मनोविमर्शले रामवाणको काम गर्न सक्दछ । त्यसैले यदि कोही ब्यक्ति कोरोनोको कहरबाट बाहिर निस्किन सकिरकेको छैन, चिन्तामा छ, पीर ब्यक्त गरिरहेको छ, आफ्नो दैनिक कामकाज सम्भाल्न उसलार्इृ निक्कै गाहो परिरहेको छ भने उसले मनोविमर्श सेवा लिन सक्छ र आफ्नो दैनिकी पुनः पहिलाको जस्तै शुरुवात गरेर नयाँ जीवनको प्रारम्भ गर्नमा यसले सहयोग दिनुका साथै घरपरिवार टोलछिमेकहरुका सामूहिक कार्यहरुमा आफू सचेत भई, सुरक्षित भई सहयोग पु–याउन पनि सिकाउँछ । अत्ः शारीरिक समस्याको साथै हामी मानसिक समस्यालाई पनि महत्व दिनु पर्दछ ।