उपेन्द्र गोले रौतहट २० जेठ ।
रौतहटमा विपन्न अपाङगता भएका ब्यक्तिहरुलाई विभिन्न खाद्यान्न सामग्री वितरण गरिएको छ । रौतहटको चन्द्रपुर र गरुडा नगरपालिकामा रहेका अति विपन्न अपाङगता भएका ब्यक्तिहरुको परिवारका २४ जनालाई सो राहत वितरण गरिइको नेपाल अपाङग महिला संघका अध्यक्ष टीका दाहालले बताउनु भयो । नेपाल अपाङग महिला संघको पहलमा ग्लोबल पिस फाउण्डेशनले रौतहटको चन्द्रपुर र गरुडा नगरपलिकाका विपन्न अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको हो । चन्द्रपुर नगरपालिकाका १२ जना र गरुडा नगरपलिकाका १२ जना गरि २४ जना अपाङ्गता भएको व्यक्तिहरुलाई राहत वितरणको गरिएको अपाङ्ग समन्वय संस्थाका सचिब तथा बहिरा बिकास केन्द्र नेपालका कार्यक्रम संयोजक कुमार रेग्मीले बताउनु भयो । कोरोना भाईरस बढदै गईरहेको हाल निषेधाज्ञा भई अपाङ्गता भएको व्यक्तिहरुको जिवनयापन चलाउन ज्यादै समस्या भएको र कोभिडको अवस्थामा अपाङ्गता भएको व्यक्तिहरुको समस्यालाई ध्यानमा राखि राहत सहयोग गरेको फाउन्डेसनले जनाएको छ ।