राजेन्द्र महतो लहान जेठ २१ गते ।
सिरहाका एक पूर्व सासंद तथा पुराना कम्युनिष्ट नेता विष्णुलाल वाइवाको निधन भएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका सिरहाको कर्जन्हा निवासी ७८ वर्षीय वाइवाको उपचारको क्रममा मा बिहीबार साँझ झापामा निधन भएको हो । तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापाको आम्दा अस्पतालमा भर्ना गरिएको थियो ।उपचारको क्रममा सोही हस्पिटलमा उनको मृत्यु भएको बताइएको छ । एक साताअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । वाइवा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए । उहाँ कम्यूनिष्ट आदर्श र सोशित पीडित जनता प्रति समर्पित नेताको रुपमा लोकप्रिय बनेका थिए । वाइवाको निधनले कम्युनिस्ट नेता कार्यकर्ता तथा कर्जन्हा बासीहरु गहिरो शोकमा डुबेको छ ।