सर्लाहीमा पानीमा डुबेर एक बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २२, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
सर्लाहीमा पानीमा डुबेर एक बालकको मृत्यु

राजिव शाह सर्लाही ,जेठ २१
सर्लाहीमा खाल्टोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । सर्लाहीको कविलासी नगरपालिका वडा न–७ स्थित एक ईट्टाभट्टामा खनेको खाल्टोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । बुधबार दिउँसो लालबाबु रायको ईट्टा भट्टामा खनेको खाल्डोमा जमेको पानीमा डुबेर कविलासी न.पा वडा न–५ रनिया निवासी मनोज कुमार मण्डलको १० बर्षीय छोरा रजनिश कुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार बाख्रा चराउन गएको अवस्थामा ईट्टा भट्टाले खनेको खाल्टोमा जमेको पानीमा नुहाउने क्रममा बालकको मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस