उपेन्द्र पासवान जेष्ठ÷ २४÷बारा कलैया
कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान मा नेपाल लेखापढी कानुन व्यसायी एसोसिएन बारा कलैया द्धारा कलैया सिटी जेसिज लाई खाद्यान सामग्री हस्तानतरण गरेको हो कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो–समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले लागेका छन्। सरकारले जनता बाट उठाएको कर बापत सेवा सुबिधा दिनु पर्ने भए तापनि आफ्नो निजि स्वार्थमा निहित भएर सत्ताको लोलुप्तामा जनताले रगतपसिना बगाएर कमाएको रकममा मौज मस्ती गर्नमा मात्र व्यस्त रहेकोले कलैया सिटि जेसिसले खाद्यान्न सामग्री बितरण गरी जनता प्रति समर्पित हुन पाठ सिकाएका छन् । विश्वमा कोभिड–१९ को महामारिले सम्पुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा दैनिक रूपमा ज्यालादारी गरीखानेहरु लाई घरमा चुल्हो बलेको छैन भने उहाँहरुको घरमा चुल्हो बलोस भनेर राहत स्वरुप खाद्यान्न समाग्री वितरण गर्दै आइरहेको हो। उक्त अभियान अन्तर्गत कलैया उपमहानगरपालिकाभित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न, गरीब, असहाय घरपरिवार लाई चुल्हो बाल्नको लागि केहि राहत स्वरुप नेपाल लेखापढी कानुन व्यसायी एसोसिएन बारा कलैया ले पनि कलैया सिटी जेसिज लाई खाद्यान सामग्रीहरु हस्तान्तरण गरेका छन्। कलैया सिटि जेसिज का अध्यक्ष जेसी शम्भु गुप्ता उक्त सामग्री बुझेका हुन। नेपाल लेखापढी कानुन व्यसायी एसोसिएन बारा कलैया को अध्यक्ष बृज किशोर यादव (भगतजी) र सचिव दिनेश पटेल ले ( ५ बोरा चामल, १ बोरा आलु,१ बोरा प्याज,१ बोरा सोयाबिन, ५ किलो दाल) खाद्यान्न सामग्री हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रम नेपाल लेखापढी कानुन व्यसायी एसोसिएन बारा कलैया को कोसा अध्यक्ष प्रमानन्द पटेल , सदस्य लक्षमन यादव ,सदस्य उपेन्द्र कुमार पासवान ,सुबास यादव ,सदस्य नरेन्द्र तिवारी लागायत को विशेष उपस्थिति रहेको थियो ।