अवैध लागू औषध गाँजा सहित ३ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २५, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
अवैध लागू औषध गाँजा सहित ३ जना पक्राउ


अमरेस कुमार पाण्डेय कलैया बारा जेठ २४ गते
लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४९ किलोग्राम अवैध लागू औषध गाँजा सहित ३ जना पक्राउ गरेको छ । जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ इनर्वा चोक स्थित बरियारपुरतर्फबाट तेलकुवातर्फ गइरहेको ना २ ह ६१०६ नं. को कालो रंगको अटो तथा नम्बर नखुलेको पल्सर मोटरसाइकल समेतमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्दा निजहरूले बिक्रि वितरणको लागि अटोमा लुकाई छिपाई ल्याएको ४९ किलो ग्राम (७ पोका) अवैध लागू औषध गँजा सहित पक्राउ गरीएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले दिएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औराहा टोल बस्ने वर्ष ३९ को अमिरका पासवान (मो.सा.चालक), सोहि ठाउँ बस्ने वर्ष ५६ को रमेश चौधरी (अटो चालक) र वर्ष ३७ को राज कुमार ठाकुर (अटोमा सवार) रहेका छन् । बरामद लागू औषध र मानिस तथा सवारी साधनहरू जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले दिनुभएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस