राजेन्द्र महतो लहान जेठ २४ गते ।
सिरहामा श्रीमान ले श्रीमती को जिउमा सलाइ कोरेर फालेपछि जलेर घाइते श्रीमती को उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका– ३ हनुमाननगर मा श्रीमान् २९ वर्षीय दीपेन्द्र चौधरीले आठमहिने गर्भवती श्रीमती करिब ३० वर्षीया पूजा चौधरीको शरीरमा सलाई कोरेर फालिदिएपछि जलेर गम्भीर घाइते श्रीमतीको उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । श्रीमानले मदिराका लागि रकम माग्दा नदिएको विषयमा विवाद भएपछि आवेगमा श्रीमान् दीपेन्द्र चौधरीले आफ्नै ३० वर्षीया श्रीमती पूजा चौधरीको शरीरमा पेट्रोल छर्कि सलाई कोरेर फालेपछि जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले बताएका छन । लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. तपनकुमार दाहालका अनुसार जेठ २१ गते राति करिब साढे ८ बजेतिर जलेर गम्भीर घाइते भएपछि गर्वती पूजालाई राति नै श्रीमान् र सासूले उपचारका लागि लहानस्थित कामना नर्सिङ होममा ल्याएका थिए । घाइतेको अवस्था गम्भीर भएकाले नर्सिङ होमले विराटनगर लैजान रेफर गरिदिनुअगावै श्रीमान् दीपेन्द्र फरार भएको थियोे । मृतककी सासूले राति नै विराटनगरस्थित नोबेल अस्पताल पु¥याएपछि त्यहाँबाट पनि काठमाडौं लैजान भनेपछि एम्बुलेन्समा राखेर काठमाडौं लैजाने क्रममा आइतबार बिहान सिन्धुलीमा मृत्यु भएको बताएका छ्न । श्रीमतीलाई आगो लगाएपछि लहान नर्सिङ होममा ल्याएलगत्तै फरार रहेका चौधरीलाई प्रहरीले आइतबार दिउँसो हनुमाननगरस्थित घरबाट नै पक्राउ गरेको प्रहरी ले जनाइएको छ । प्रहरीको फन्दामा परेका चौधरीले आफूले श्रीमतीको शरीरमा सलाई कोरेर फालेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक डा. दाहालले बताएका छन । श्रीमान चौधरी ले श्रीमतीलाई आगो लगाउने क्रममा चौधरीको पनि दुईवटै खुट्टा जलेको पाइएकाले उपचार गराएर हिरासतमा राखिएको छ , सोमबार सिराहा जिल्ला अदालतमा उपस्थित गराएर कर्तव्य ज्यानअन्तर्गतको मुद्दा चलाउने ईलाका प्रहरी कार्यालय लहान ले बताएका छन । सात वर्षीय एक छोराकी आमासमेत रहेकी मृतकका भाइले प्रहरीमा किटानी जाहेरी दिएपछि सोहीअनुसार कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहान ले बताएका छन ।