स्मिथ रजक । गौर । जेठ २६ गते
रौतहट प्रहरीले भारतबाट ल्याएको रकम बरामद गरेको छ । बुधवार जिल्ला रौतहट परोहा नगरपालिका ९ रामपुरखाप स्थितमा नेपाल भारत सिमामा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो । भारतबाट नेपाल तर्फ बि.आर.०५आर४५२१ नम्बरको मोटरसाइकिलमा आउदै गरेका मोटरसाइकिल चालक भारत जिल्ल मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ को बन्टि कुमार कलवार र मोटरसाइकिल पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २० को सुरज कलवारलाई रोकी चेकजाँच गर्दा उनीहरुले बोकेको नाईलुनको झोलामा र उनीहरुको साथबाट भारतबाट नेपाल तर्फ पैठारी गरि ल्याएको अवैध रकम (श्रोत नखुलेको)रु.३०,७६,०००।– (तिस लाख छयत्तर हजार) नेपाली नगद रुपैया बरामद गरी उक्त नम्बर को मोटरसाइकिल र दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको ह