कोरोना महामारीको दोस्रो लहरले निकै क्षति पु¥याएको छ । सबै जिल्लामा विस्तार भइसकेको यो महामारीले सबै जिल्लामा आफ्नो प्रभाव देखाउन पनि सफल भएको छ । कोरोना महामारीले आर्थिक क्षेत्रमा ठूलो नोक्सानी त पुग्यो नै साथै कैयौँ मानिसले ज्यान पनि गुमाउन पुगे । कतिपय त एकदमै होनहार तथा समाजका अत्यन्तै विशिष्ट मानिसहरु थिए । समाजसेवा गर्दा गर्दै पनि कतिपय मानिस कोरोनाको ग्रास बन्न पुगे । कोरोनाको संक्रमण दर र मृत्यु दर दुवै कम भएको छ तर देशमा कोरोनाको दैनिक संक्रमण अझै पनि दुई हजार पाँच सयभन्दा बढी रहेको छ । तराई मधेसका जिल्लामा पनि थोरबहुत कोरोना संक्रमितको संख्या दिनहु देखा परिरहेको छ । कोरोना संक्रमण अझै हराइसकेको छैन तर विस्तारै कम हुँदै जाँदा जनजीवन भने सहज हुँदै गएको छ । अहिले यातायातका ठूला साधन नचले पनि साना र निजी सबै सबारी साधन चल्न थालेका छन् । बजार पनि खुलेको छ । यसले गर्दा सडकदेखि बजारसम्म मानिसको चहलपहल बढेको छ । मानिसको चलहपहल बढ्दा अपनाउनु पर्ने सावधानीमा भने केही कमी आएको देखिएको छ । कोरोनाको संक्रमण दर कम भएको हो तर डर भने अझै पनि रहेकै छ । समाजबाट कोरोना पूरै हटिसकेको छैन । पूरै नहटेको कारण अझै पनि सावधानी अपनाउनु बुद्धिमानी हुन्छ । अहिलेको समयमा कोरोना संक्रमणबाट बच्नु धेरै बुद्धिमानी हो । कोरोनाले समाजलाई धेरै हानि पु¥याइसकेको कारण अहिले एकैचोटि सामान्य अवस्थाको जस्तो जनजीवन भइहाल्यो भन्ने कुरा सोचिहाल्नु हुँदैन । सामान्य अवस्था भइसकेको छैन । अझै पनि धेरै जिल्लामा खुकुलो नै भए पनि निषेधाज्ञा जारी रहेको छ । निषेधाज्ञा जारी रहनुको अर्थ यो पनि हो कि कोरोनाको जोखिम अझै पनि रहेको छ । जस्तोसुकै विकट परिस्थितिमा पनि मानिसले बाँच्नु पर्दछ । मानिसले बाँच्न पाउनु उसको पहिलो कर्तव्य हो र आफूलाई बचाउनको लागि उसले समयानुकूल सतर्कता र सावधानी अपनाउनु पनि उत्तिकै आवश्यक छ । अझै सतर्कता जरुरी छ । हामीले आफ्ना सबै काम गरौँ तर सावधानी र सतर्कता अपनाएर ।