धर्मेन्द्र कुमार यादव । महोत्तरी, ०३ गते
महोत्तरी जिल्लाको सम्सी गाउपालिका १ पर्षामा गएराती सुनचादी पसलमा डकैती भएको छ । पर्षा स्थित आफ्नै घरमा राजिव ज्वेलर्स सुन चादी पसल सन्चालन गरी जिवनयापन गरिरहेका बिरेन्द्र साहको घरमा डकैती भएको छ । डाकाहरुले डकैतीको क्रममा साह माथी गोली प्रहार गरेका थिए, गोली लागि गम्भीर अवस्था रहेका साहको उपचार जनकपुर स्थित गोदाबरी अस्पतालमा भइरहेको छ । डाका हरुले चलाएको गोली साहको दाढमा अड्केको कारन थप उपचारको लागि काठमाण्डौ लैजाने तैयारी भइरहेको कुरा वाडा अध्यक्ष बिपिन यदुबिरले जानकारी गराएको छ । नकाव र हातहतियार सहित आएका डाकाहरुले साहको घरमा सन्चालित सुनपसलमा लुटपाट गरि घरका समुर्ण सदस्यलाइ नियन्त्रनमा लिएका थिए । घरमा भएका समानहरु पनी लुटपाट गरिएको छ । ९(१० जना डाकाहरुको समुहले घरको पर्खाल भएर घरभित्र प्रवेसगरी करिब १ घण्टा साम्म आतंक मचाएका थिए । डकैती गर्ने क्रममा डाकाहरुले घरका सबै सदस्यहरु लाई बन्दुकको कुना तथा रडले कुटपिट गरेका थिए । कुटपिटबाट बिरेन्द्र साहका दुबै छोराको टाउको फुटेको छ सथै उहाको छोरी र श्रीमती पनी कुटपिटबाट घाइते भएका छन। घाइतेको अवस्था अहिले सामान्य रहेको छ । लुटपाटको क्रममा डाकाहरुले सुन ५ तोला, चादी १७२ तोला,नगद रु दुई लाख गरि जम्मा नौ लाख सम्मको लुटपाट गरिएको छ । लकडाउन भए यता महोत्तरीमा लुटपाट र डकैती हुने क्रम बढेका छन ।