जातिप्रथालाई धर्म एवं शास्त्रहरूको दृष्टिकोणले पनि कहिल्यै उचित मानिएको छैन । हिन्दू धर्मग्रन्थहरूमा यस्ता अनेकौं उदाहरणहरू छन्, जसमा व्यक्तिले समाजमा जातीय कारणले होइन कि आप्mनो निजी गुण एवं ज्ञानका कारण ख्याति र सम्मान पाउन सफल भएका छन् । देशको संविधान र कानूनमा पनि जातिप्रथाको व्यवस्था छैन तर पनि हाम्रो देशका सामाजिक एवं जातीय सड्डठनका अभियन्ताहरू समाजमा द्वेषको वातावरण सिर्जना गरेर आप्mनो निहित स्वार्थपूर्ति गरिरहेका छन् । प्राचीनतम ग्रन्थ ऋग्वेदमा पनि भनिएको छ कि सबैजना देउताकै सन्तान हुन् तथा सबैको हृदयमा देवत्वको वास छ । सबैजना समृद्धि तथा विकासको पथमा अग्रसर बन्धुबान्धव मात्रै हुन् । यस्तो अवस्थामा सानो–ठूलोको प्रश्न नै उठ्दैन । सबै मनुष्यमा एक समान ईश्वरीय तŒव विद्यमान रहने गरेका कारण सबैजना एक समान हुनु स्वाभाविक नै हो । यसै विचारको आधारमा स्वामी विवेकानन्दले जातिमा आधारित सामाजिक शोषणलाई अधर्मको संज्ञा दिएका थिए । उनले भनेका थिए कि एउटा व्यक्तिमा विद्यमान ईश्वरीय तŒव अर्को व्यक्तिमा स्थित ईश्वरीय तŒवप्रति कसरी अन्याय गर्न सक्दछ ? वेदहरूमा वर्णित समानतासम्बन्धी यस विचारलाई उनले सामाजिक न्यायस“ग जोडेका थिए । मानव अधिकारको द्वन्द्वमा स्वतन्त्रता, समानता तथा भ्रातृत्वको सन्देशलाई फ्रान्सलगायत युरोपेली राष्ट्रहरूले अठारौं शताब्दीको अन्त्यमा प्रवाहित गराएका थिए, जबकि स्वामी विवेकानन्दले त्यसको व्यापकरूपलाई हजारौं वर्षअघिका वेद तथा उपनिषद्हरूमा हेरेका थिए, जसमा मानवमात्र होइन कि पशु, पक्षी तथा जलमा विचरण गर्ने प्राणीहरू र जड पदार्थहरूमा पनि त्यसै सर्वोच्च सत्ताको वास मानिएको छ । समानताको यो सन्देश सनातन धर्ममा वेदहरूबाट प्रारम्भ भई यो अनवरतरूपमा बढ्दै आएको छ । गीतामा श्रीकृष्णले भनेका छन् कि सबै प्राणीलाई म समानरूपमा माया गर्दछु । न कसैलाई बढी, न कसैलाई कम । मेरो शरणमा आउने कुनै पनि जाति, वर्ण, लिड्ड तथा सम्प्रदायका व्यक्ति आप्mनो चरम लक्ष्यलाई प्राप्त गर्नेछ । महाभारतमा कतिपय ठाउ“मा उल्लेख गरिएको छ कि व्यक्ति केवल आप्mनो आचरणका कारण मात्रै द्विज बन्न सक्छ, जन्मका कारण होइन । हिन्दू धर्मग्रन्थमा यस्ता अनेकौं उदाहरण छन्, जसमा व्यक्तिले आप्mनो योग्यताका कारण समाजमा उच्च स्थान हासिल गरेका छन् । कुनै पनि वैदिक ऋषिको वंश र जातिको बारेमा बढी चर्चा गरिंदैन । प्राचीन भारतको इतिहासमा जति पनि वंशहरूले शासन गरेका छन्, त्यसमा शायदै कोही क्षत्रीय थिए । राजाहरू क्षत्रीय हुने गरेका कुरा रामायण तथा महाभारतमा मात्रै उल्लेख भएको पाइन्छ । महाभारतको शान्तिपर्वमा उल्लेख गरिए अनुसार भीष्म पितामहले राजा युधिष्ठिरलाई आप्mनो मन्त्रिमण्डलमा चार ब्राह्मण, आठ क्षत्रीय, एक्काइस वैश्य तथा तीन शुद्रलाई मार्गदर्शनका निम्ति सहभागी गराउन सुझाव दिएका थिए । वेद, उपनिषद् तथा महाकाव्य ग्रन्थहरूका विभिन्न उदाहरणबाट यो प्रस्ट हुन जान्छ कि जातिप्रथाका कारण उत्पन्न असमानताको व्यवस्थाले हाम्रो समाजको जुन आलोचना भएको छ, त्यो त निकैयता आएर भएको हो । सनातन हिन्दू धर्मको लामो इतिहासमा वेद तथा उपनिषद्हरूको रचनाका बखत हिन्दू धर्म त विद्यमान थियो तर जातिप्रथा थिएन । यसलाई दुर्भाग्य नै मान्नुपर्छ कि जातिप्रथा धर्मविरोधी भएर पनि हाम्रो समाजमा यसले आप्mनो प्रभाव जमाउन सकेको हो । वस्तुतः यसको विरोध शुरूदेखि नै हुन थालेको थियो । बज्रसूचिका नामक एक सम्पूर्ण उपनिषद् ग्रन्थ नै जन्ममा आधारित जातिप्रथाको खण्डनको निम्ति समर्पित छ । हिन्दू धर्ममा देखिएको जातिवाद तथा असमानताको विरोधमा समयसमयमा आन्दोलन पनि नभएको होइन । भक्ति आन्दोलनले यसको चर्को विरोध गरेको थियो । बा¥हौं एवं ते¥हौं शताब्दीमा दक्षिण भारतबाट शुरू भएको यो आन्दोलन बिस्तार–बिस्तारै चारैतिर पैmलिन गयो । भक्तहरूले जाति, विद्या, रूप, कुल एवं धन आदि सबै प्रकारका भेदभावको अन्त्य नै गरिदिएका थिए । जन्ममा आधारित जातिप्रथा हिन्दू धर्मको अड्ड ह“ुदै होइन ।
गौतम बुद्धको समयदेखि लिएर अहिलेसम्म मानवीयता तथा सामाजिक न्यायको दृष्टिकोणले यो कलड्ढित रहिआएको छ, खासगरी आप्mनो अतिवादी छुवाछूतका कारण तर दुर्भाग्य जन्म आधारित आप्mनो पहिचानलाई गुमाउन कोही पनि चाह“दैनन् । वर्तमान समयमा पनि जातिको कुनै धार्मिक, सामाजिक तथा आर्थिक सार्थकता देखिंदैन तर पनि यिनै जातीय संस्थाको नाममा आर्थिक, सामाजिक, राजनीतिक अभिष्ट हासिल गर्ने काम भइरहेको छ । चुनावी राजनीतिमा जातिवादको खेती फाइदाजनक साबित हु“दै आएको छ । घृणा एवं द्वेषमा आधारित जातीय राजनीतिका कारण योग्य एवं सक्षम व्यक्ति उपेक्षित हु“दै गएका छन् । स्वामी विवेकानन्द तथा महर्षि दयानन्द सरस्वतीहरू जातिवादका घोरविरोधी थिए । हाम्रो देशमा पनि आर्य समाजले यस दिशामा सार्थक पाइला चाल्दै आएको छ । पञ्चायती व्यवस्थामा मुलुकी ऐन लागू गरेर छुवाछूतको अन्त्य गर्ने प्रयास भएको थियो । पछिका दिनहरूमा पनि यस दिशामा निकै काम भएका छन् तर चुनावी लाभहानिको दृष्टिकोणले जातीय नारालाई समय–समयमा चर्काउने काम गरिन्छ । अब त बाहुन र क्षत्री स्वयम् नै आप्mनो जातीय पहिचानका कारण सबै क्षेत्रमा अपमानित भइरहने अवस्था छ । पद र पैसा भएकाहरू अपवाद हुन सक्छन् । दक्षिणी छिमेकी राष्ट्र भारतको सर्वोच्च अदालतले केहीअघि दिएको एक महŒवपूर्ण पैmसलामा उम्मेदवार, तिनका एजेन्ट तथा उम्मेदवारको सहमतिबाट कुनै व्यक्तिले पनि मतदानको निम्ति धर्म, जाति, भाषा, समुदाय अथवा वर्गको आधारमा जनतालाई आग्रह गरेमा त्यसलाई चुनावमा गरिने भ्रष्ट आचरण मानिनेछ । कुनै पनि व्यक्तिको आप्mनो आराध्यदेवस“गको सम्बन्ध व्यक्तिगत नै हुने गर्दछ । धार्मिक गतिविधिस“ग राज्यको कुनै पनि किसिमको सरोकार रहनुहु“दैन । अब त्यहा“ कुनै धर्मगुरुले राजनीतिक दलको पक्षमा अथवा विपक्षमा मतदानको निम्ति आह्वान गर्न सक्दैन । सर्वोच्च अदालतले यस्तो पैmसला दिनुको मुख्य उद्देश्य देशको राजनीति र चुनावी प्रक्रियालाई स्वच्छ, पारदर्शी एवं जिम्मेवार बनाउनु रहेको मानिन्छ । तर कानून बनाउने तथा त्यसमा परिवर्तन ल्याउने दायित्व र कर्तव्य अन्ततः राजनीतिक दलहरूकै हो । राजनीतिक दलहरूको हितविपरीत हुने विषयलाई कार्यान्वयनमा नै ल्याइ“दैन । कानूनको निर्माण भएपनि त्यसको कार्यान्वयन भएन भने यसले आप्mनो सान्दर्भिकता र महŒव गुमाउन पुग्छ । कतिपयले यस निर्णयलाई पनि नागरिकको अभिव्यक्तिको मौलिक अधिकारविपरीत मानिरहेका छन् । तथापि सर्वोच्च अदालतको यस ऐतिहासिक निर्णयको महŒव छ र त्यहा“का राजनीतिक दलहरू यसलाई मान्न बाध्य हुनेछन् । हाम्रो देशको संविधानमा पनि जाति, धर्म एवं वर्णको आधारमा मत माग्नमा रोक नलगाइएको होइन तर व्यवहारमा यो लागू भएन । जातिप्रथा धर्म तथा समाजविरोधी हो । सड्ढीर्ण जातिप्रथाका कारण हिन्दू धर्मबाट पलायन गरी अन्य धर्मलाई अड्डीकार गर्नेहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । तसर्थ हाम्रो समाजमा वेद तथा उपनिषद्हरूले महŒव पाउनुपर्दछ । क्षत्रिय राजा मनुको शासनकालमा वर्णित शासन व्यवस्थाको सान्दर्भिकता उहिल्यै अन्त्य भइसकेको छ । देश संविधानबाट चलेको छ, धर्मशास्त्रको आधारमा होइन । एउटा धर्मनिरपेक्ष एवं लोकतान्त्रिक देशको निम्ति देशको संविधान नै सर्वोपरि हुन्छ । कुनै पनि मठमन्दिरमा पूजा अर्चना गर्न कसैलाई रोक लगाइएको छैन । तर समस्या त्यहा“निर उत्पन्न हुन जान्छ, जब कुनै सामाजिक एवं जातीय सड्डठनका अभियन्ताहरू घृणा, द्वेष, पूर्वाग्रह एवं उन्मादी सोच लिएर विवाद सिर्जना गर्न खोज्छन् । समस्या यदि छ भने, त्यो पूर्वाग्रही मानसिकतामा छ । अन्तरजातीय विवाह भइरहेका छन् । अब जातिप्रथा कहीं कतै छैन । तर समाजमा जातीय विद्वेष, घृणा एवं तनाव उत्पन्न गरेर आप्mनो निहित स्वार्थपूर्ति गरिरहेकाहरू तत्कालै यसलाई अन्त्य पनि हुन दिने छैनन् ।