नेपालको राष्ट्रभाषा, कार्यालयीयभाषा र सम्पर्क भाषा नेपालीभाषाहो । नेपालभित्रप्रयोग गरिने भाषाहरु मध्ये सबैभन्दा बढीजनसङ्ख्याले बोलीने भाषा नेपालीभाषाहो । नेपालीभाषा नेपाललगायतभारत, भुटान र बर्माको केहि भागमाबोलिन्छ । सिक्किमभारतको आधिकारिक सरकारी कामकाजको भाषापनि नेपालीभाषाहो । नेपालीभाषाभारोपेली परिवारको सदस्यहो । संसारमाप्रयोगमा रहेका र पत्तालागेका भाषाहरुलाई तिनीहरूमापाइने समानता रअसमानताकाआधारमाविभिन्न परिवारहरूसँग गाँसिएको पाइन्छ । भारोपेलीभाषा परिवारको शतम् र केन्तुम् शाखामध्ये नेपालीशतम्वर्गको भाषासँगजोडिएको छ । भारोपेली परिवारको भारत इरानेलीशाखाको शतम् वर्गमा पर्ने भारतीयआर्य भाषाबाट प्राकृत र अपभ्रंशभाषाको विकास भयो । सोहीभाषिकविकासको एक परिणाम नेपालीभाषाको उत्पत्तिपनिहो भन्ने विषयमा सबै ऐतिहासिकभाषावैज्ञानिक र विद्वान।को एक मत पाइन्छ । तर यसपछिको विकासकाक्रममाभन्ने भिन्नमतहरु पाइएका छन् । होर्नले , ग्रियर्सन , सुनीतिकुमार चटर्जी , प्रमोदकुमार पण्डितजस्ता विदेशी र स्वदेशीमाबालकृष्ण पोखरेल नेपालीभाषाको सोझोसम्बन्ध संस्कृतसँगजोडेका छन् । स्थानअनुसार संस्कृतकापनिविभिन्न भेद थिए र तीमध्ये उत्तरी संस्कृतबाट विकसितकुनै प्राकृत रअपभ्रंशबाट नेपालीभाषाको उत्पत्तिभएको हो भनेका छन् । यसरी सबैले संस्कृत स्रोतबाट नेपालीभाषाको उत्पत्तिभएको स्वीकार गरेपनिकुनप्राकृत वाअपभ्रंशबाट नेपालीभाषाविकसितभएको हो भन्ने सम्बन्धमाभने उल्लेखितभाषाविदबिचपनिमतान्तर पाइन्छ । मोहनराजशर्माले प्रज्ञा नेपाली सन्दर्भ व्याकरण शीर्षकको पुस्तकमा नेपालीभाषाको उद्भवभारोपेलीभाषापरिवारको सतम्वर्गअन्तर्गत आर्य – इरानेलीशाखामा पर्ने संस्कृत भाषाबाट भएको कुरा उल्लेख गरेका छन् । चूडामणि बन्धुले नेपालीभाषाको उत्पत्ति ( २०२५ ) शीर्षकको पुस्तकमा खस प्राकृतको खस अपभ्रंशबाट नेपालीभाषाको उत्पत्तिभएको मत प्रस्तुत गरेका छन् । देवीप्रसाद गौतमले नेपालीभाषा परिचयशीर्षकको पुस्तकमाप्राकृत , अपभ्रंश र आधुनिकआर्यभाषाबिचको सम्बन्धलाई केलाउँदै नेपालीभाषाको उत्पत्ति खस प्राकृत र त्यसको अपभ्रंशबाट भएको कुरा उल्लेख गरेका छन् । संस्कृतसँग नेपालीभाषाको सोझो सम्बन्धजोड्ने मान्यताकाविपरित सूर्यमणि अधिकारीले नेपालीभाषाको इतिहास (२०५६ ) मासंस्कृतलाई हजुरआमाकी सहोदर भाषामात्रमानेको पाइन्छ । उनकाअनुसार नेपालीभाषाभारोपेली परिवारको शतम् वर्ग अन्तर्गत आर्य– इरानेलीवाभारत – इरानेलीकातीनशाखा इरानेली , बाल्हीकी र संस्कृतमध्ये बाल्हीकीकी छोरी खस भाषाबाट आधुनिकआर्यभाषाकोरुपमा नेपालीभाषाको उत्पतिभएको हो । यसअनुसार नेपालीभाषाकीहजुरआमाबाल्हीकीकी समकक्षीअर्की हजुरआमामात्रसंस्कृतलाई मान्न सकिने देखिन्छ । संस्कृत र बाल्हीकीदिदी – बहिनीनभएर जुम्ल्याहाभाषा देखिन्छन् । सूर्यविक्रम ज्ञवालीले नेपालीभाषाको विकासको सक्षिप्तइतिहास ( सन् १ ९ ३३ ) को भूमिकामा सौरसेनीप्राकृतबाट नेपालीभाषाकोउत्पत्तिभएको मत प्रस्तुत गरेका छन् । बालकृष्ण पोखरेलले राष्ट्रभाषा ( २०२२ ) मा सौरसेनीप्राकृतबाट र यही पुस्तकको आठौंसंस्करण ( २०४८ ) मा खस अप्रभंशबाट नेपालीभाषाको उत्पत्तिभएको कुरा प्रस्तुत गरेका छन् । उल्लेखितविद्वानकामतमध्ये धेरैजसोले चूडामणि बन्धुको मतलाई स्वीकार गरेका छन् । अतः यस आधारमा नेपालीभाषाकोउत्पत्ति खस वा पहाडी अपभ्रंशबाट भएको हो भन्न सकिन्छ । हालसम्मउपलब्ध प्रमाणका आधारमा नेपालीभाषासहितकाआधुनिकआर्य भाषाहरूको उत्पत्ति एघारौँ शताब्दीमाभएको मानिन्छ ।नेपालीभाषाको उत्पत्तितत्कालिन खस राज्यअन्तर्गत कर्णालीको सिन्जा क्षेत्रमाभएको हो । खस भाषा, पर्वते भाषा , गोरखालीभाषाहुँदै नेपालीभाषासम्मआइपुग्दा नेपालीभाषाले तय गरेको यात्रालाई भाषिक पुरातात्विकविशेषता र राजनैतिक घटनाक्रममा आधारमानेपालीभाषाको विकासक्रमका रूपमातीन चरणमा विभाजनगरिएको छ । ( क ) प्राथमिक ( प्राचीन ) कालः एघारौंशताब्दीदेखि पन्ध्रौं शताब्दीसम्म दैलेखको दुल्लूमाप्राप्तभूपालदामुपालको दुल्लू शिलालेखदेखि सम्बत् १५५५ को धवकर्मठकृत कार्वरिक विवोष शाहीकोताम्रपत्रसम्मको समयावधिलाई नेपालीभाषाको प्राथमिककालभनिन्छ । यस काललाई प्राचीनकालवाअभिलेख कालपनि भनिन्छ ।प्राथमिककालीन नेपालीभाषामा फेलापारेका अभिलेखहरूमादामुपालको अभिलेख ( १०३८ ) ,बामु खड्काको स्तम्भलेख ( वि.सं. ११५१ ) , अशोक चल्लको ताम्रपत्र ( वि.सं. १३१२ ) , कानीको शिलालेख ( वि.सं. १३१७ देखि २७ सम्म ) , आदित्यमल्लको ताम्रपत्रआदि रहेका छन् । यस समयमादुई ग्रन्थहरू भास्वती ( वि.सं. १४३७तिर ) र राजागगनीराजको यात्रा ( १५५० ) को रचनाभएकोदेखिन्छ । नेपालीभाषाको प्राचीनअभिलेखकाबारेमाभाषाशास्त्रीबिचमतैक्य भेटिंदैन । पछिल्लो समय भाषाशास्त्रीमोहनप्रसादखनालले खोजअन्वेषण गरी पत्तालगाएको भनिएको बामु खड्काको स्तम्भलेख वि.सं. ११५१ लाई नै नेपालीभाषाको हालसम्मकोप्रामाणिक सर्वप्राचीननमुनामान्नु उपयुक्त देखिन्छ । उपर्युक्तअभिलेख , शिलालेख तथाग्रन्थमाप्रयोग गरिएको भाषाकाआधारमाप्राथमिककालीन नेपालीभाषाको विशेषतालाई खस अधिराज्यको राजकीयभाषा , पश्चिम नेपालको सम्पर्क भाषा संस्कृत भाषाकोप्रभावआदि पाइन्छ । ( ख ) माध्यमिककालः सोहौं शताब्दीदेखि वि.सं .१ ९ ५० सम्म वि.सं. १५५५ माधवकर्मठद्वारा लिखितकारिक विवोष शाहीको ताम्रपत्रदेखि वि.सं. १ ९५८ माप्रकाशितगोरखापत्रसम्मकोसमयावधिलाई माध्यमिककाल मानिन्छ । यस समयमाअभिलेखका साथै हस्त लिखितग्रन्थहरू फेला परेका छन् । खस अधिराज्यकोबिघटन भई बाइसे चौबिसे राज्यहरूको स्थापना र नेपाल राज्यको विस्तारसँगै नेपालीभाषाको पनि क्षेत्र विस्तार भएको पाइन्छ । यसक्रममापूर्वका तराई तथापहाइकाविभिन्नभागहुँदै दार्जिलिङसम्म नेपालीभाषाको विस्तार भयो । विस्तारसँगै नेपालीका अनेकभाषिकाहरू देखा पर्न थाले ।यस समयावधिमाअभिलेख , ग्रन्थहुँदै साहित्यसिर्जना पनिहुनथाल्यो । यस समयका केही महत्वपूर्णअभिलेख तथाग्रन्थकार्बोरिक विवाषे शाहीको अभिलेख ः वि.सं. १५५५ तिर , खण्डखाद्य ः ज्योतिषविषयक प्रस्तुतग्रन्थ संस्कृतबाटनेपालीमाअनुवादवि.सं. १६४८ तिर , जातककर्मपद्धति ः रचनाकार अज्ञात रहेको प्रस्तुतग्रन्थको विषयबालक जन्मिएपछि गर्नुपर्नेकर्महरूको विधिवातरिकासँग सम्बन्धित यस वि.स. १८४८ तिर , लक्ष्मीनरसिंह मल्लको शिलालेख ः वि.सं. १६९८ , रानीपोखरीअभिलेख ः वि.सं. १७२० आदि रहेका छन । ज्वरोत्पत्तिचिकित्सा ः ज्योतिर्विद वाणी विलासद्वारा लिखित यो ग्रन्थवि.सं. १७७३ , प्रायश्चित्तप्रदीप ः प्रेमनिधिपन्तद्वारा लिखित योग्रन्थवि.सं. १७८० पृथ्वीनारायण शाहको दिव्यउपदेश ः पृथ्वीनारायण शाहको उपदेश रहेको प्रस्तुतग्रन्थवि.सं. १८३१ , शक्तिवल्लभको हास्यकदम्ब ( १८५५ ) , मोतीरामभट्टकृत भानुभक्तको जीवनचरित्र ( १ ९ ४८ ) आदिग्रन्थ लेखिएका छन् । हितोपदेशमित्रलाभ , अजीर्ण मञ्जरी आदिपनि यसै समय लेखिएका कृतिहरू हुन् । उल्लेखितअभिलेख र ग्रन्थहरूकाआधारमा यस कालकोनेपालीभाषाको विशेषताको रुपमाभाषिकाहरुको विस्तार, गोर्खालीनाममा रुपान्तरण, वाङ्मयमाप्रवेश, व्याकरण लेखनको प्रारम्भ, साहित्यमाविधागत रचनाहुनु आदिमान्न सकिन्छ ।