दुई दिन ठुलो पानी पर्ने चेतावनी विभिन्न माध्यमबाट आइरहेको छ । गत केही हप्तामा नै नेपालले वर्षाको कारण ठूलो क्षति बेहोरिइसकेको छ । धेरै जनधनको क्षति भइसकेको छ । पहाडमा पहिरो र बाढीले अकल्पनीय क्षति पु¥याएको छ । हुन त पहिलदेखि नै मौसमविद्हरुले यस वर्ष मनसुनमा तुलनात्मक रुपमा बढी पानी पर्ने बताइरहेका छन् । औसतभन्दा बढी पानी पर्ने बताइरहँदा मनसुन सुरु भएपछिको यस महिनाको नै विगतका वर्षहरुसित तुलना गर्ने हो भने औसतभन्दा बढी पानी परिसकेको छ । अहिले दुई दिन ठूलो पानी पर्ने सम्भावना रहेको समाचारहरु फेरि आइरहेका छन् । प्रदेश दुईमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको समाचार आइरहँदा समयमा नै सतर्क हुनुपर्ने देखिन्छ । हरेक वर्ष रौतहटमा पनि बाढीले क्षति पु¥याउने गरेको छ । बाढीको क्षति खेतमा हुने गर्दछ । बालीमा हुने गर्दछ । नदीले कटान गर्दा झन् बढी क्षति हुने गर्दछ । कहिलेकाहीँ बाढीको चपेटमा मानिस पनि आउने गर्दछ । अहिले ठूलो पानी पर्ने सम्भावना रहेको समाचार आइरहँदा बढी सावधान हुुनुपर्ने सर्वसाधारण मानिस नै हो जो मुख्य गरी नदी किनारका छन् । नदीको आसपासमा खेत भएका छन् वा नदीलाई वारपार गरेर आवतजावत गर्नुपर्दछ । यसै गरी नदी किनारमा घुम्न जाने, मनोरंजन गर्न जाने, नदीमा नुहाउन जाने, गाईवस्तुलाई चराउन जाने वा तिनीहरुको लागि घाँसको व्यवस्था गर्न जानेहरुले बढी सावधानी अपनाउनुपर्ने देखिएको छ । अझ गाउँघरका त्यस्ता बालबालिकाहरु जो बाढीमा नुहाउन जान सक्छन्, तिनीहरुलाई विशेष निगरानीमा राख्नु पर्दछ । किसानहरको खेती भइनसकेकोले यदि मध्यम खालको वर्षा भयो भने खेतीको लागि वरदान साबित हुन्छ । यदि सामान्य वर्षा भयो भने अब किसानहरु खेतीमा बोरिङको प्रयोग गरेर रोपाइँ गर्न ढिलो गर्दैनन् । यदि सम्भावना रहेको जस्तो ठूलो वर्षा भयो र ठूलो बाढी आयो भने बाढीको अवस्था हेरी खेतीको हालत के कस्तो हुन्छ भन्नुपर्ने हुन्छ । अहिले किसानलाई वर्षा चाहिएको अवस्था भएकोले मध्यम वर्षाको आवश्यकता किसानले महसुस गरेका छन् तर यदि भारी वर्षा भयो भने सावधान रहनु आवश्यक छ । भारी वर्षाको सम्भावना रहेकोले सावधान रहन पूर्व तयारी आवश्यक रहेको भन्न सकिन्छ ।