दरबारी राउत : अनेक व्यक्तित्वको संगम सञ्जय साह मित्र
मानिसको असली मूल्यांकन उसको चिहानमा हुन्छ भन्ने भनाइले कुनै व्यक्तिको अन्तिम मूल्यांकनको भावलाई समेटेको छ । यसले आवधिक वा विषयगत मूल्यांकनलाई रोकेको छैन । मानिसको जीवनको पनि दुई किसिमले मूल्यांकन हुने गर्दछ । जीवनमा गरिने मूल्यांकन चाहिँ निर्माणात्मक हुन्छ जसको अपेक्षा जुन क्षेत्रको मूल्यांकन हुन्छ त्यस क्षेत्रमा अझ बढी राम्रो परिणाम आओस् भन्ने नै हो । अझ सुधारको अपेक्षा गरिएको हुन्छ । जीवनभर निर्णयात्मक मूल्यांकन किन हुँदैन भने रत्नाकर डाँकु वाल्मीकि बन्न सक्दछ र साधु पनि चोर बन्न सक्दछ । यसको सम्भावना रहने हुनाले नै मानिसको मूल्यांक उसको चिहानमा हुन्छ भन्ने गरिन्छ । हाम्रो समाजमा पढे लेखेका मानिसको अभाव रहेको छ । निरक्षर वा शिक्षित मानिसमा चेतनाको अभाव हुन्छ भनिन्छ तर यदि हाम्रो ग्रामीण दृष्टिकोणले विचार गर्ने हो भने कतिपय मानिस सामान्य साक्षर भए पनि समाजका लागि गाउँका शिक्षितभन्दा बढी काम लाग्ने साबित भइरहेका हुन्छन् । समाजको भलो गर्ने र समाजको भलो चिताउने मानिस भन्नुको अर्थ यो पनि हो कि शिक्षा र चेतना वा गाउँ वा सहर कतै सीमित हुनुपर्छ भन्ने होइन । जहाँ पनि हुन सक्छ । यो एक प्रकारको प्रतिभा हो । प्रतिभाको कुनै सीमा हुँदैन । मध्य रौतहटको पश्चिमी सिमान्त गाउँ हो सोनरनिया । हाल यो मौलापुर नगरपालिकामा पर्दछ । यहाँका दरबारी राउत कुर्मीको जीवनका अनेक विशिष्टता रहेका छन् । यहाँ छोटो आलेखमा उनका व्यक्तित्वबारे सामान्य चर्चा गर्ने प्रयास गरिएको छ । छोरा र छोरीलाई समान माया गर्ने दरबारी राउत घरमा छोराभन्दा बुहारीलाई बढी माया गर्ने मानिस हुन् । जिल्लाका एक चर्चित युवा व्यक्तित्व नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष तथा युवा रेडक्रम सर्किलका जिल्ला संयोजक धर्मेन्द्रकुमार सिंहले आफूलाई भन्दा बढ्ता माया बुहारीलाई बुबाले गर्नुभएको दुवै जना सवर्ग सुनाउँछन् । नारी जातिप्रतिको सम्मानकै रुपमा यसलाई लिनु पर्दछ । बुहारीलाई पनि छोरासरह नै मान्ने र बुहारीभन्दा पनि छोरा वा बेटा भनेर नै सम्बोधन गर्ने निकै कम व्यक्तित्वमा दरबारी राउतको सम्मान छ । नारी अधिकार वा वर्तमान आधुनिक युगमा लैंगिक विभेदको कुरा धेरैतिरबाट सुनिने गरिएकोमा सम्बोधन, सम्मान तथा कुरा सुन्ने कुरामा पनि बुहारीप्रति दरबारी राउतको सम्मान सर्वत्र सम्मानयोग्य रहेको छ । यसको अनुकरण अन्य पिताहरुले पनि गर्नुपर्ने देखिन्छ । घरभित्रको बुहारीलाई छोरा भनेर सम्बोधन गर्नुलाई यदि व्यक्तिगत वा पारिवारिक गुण मान्ने हो भने पनि चार छोराहरुका पिता दरबारी राउतमा कम्तीमा चार विशिष्ट सामाजिक गुण रहेका थिए । दरबारी राउतको पहिलो गुण भनेको आइमाईमा हुने थनैल रोगलाई निको बनाउनु हो । मुख्यतया नवसुत्केरी आइमाईमा हुने थनैललाई आधुनिक स्वास्थ्य विज्ञानले रोग वा समस्या मान्दछ भने पुरातन मानिसहरुले यसलाई रोगको रुपमा नलिई समस्याको रुपमा बताउँदै आएका छन् । दुवै पद्धतिबाट उपचार भइरहेको छ । दरबारी राउतले गर्ने उपचार भनेको माटोको भकारी (जसलाई स्थानीय बज्जिका भाषामा कोठी वा डेहरी भनिन्छ) को माटोले हो । यस्तो माटो लिएर केही शब्द उच्चारण गरी उक्त माटो पीडितको आफन्तलाई दिएर समस्या भएको मानिसलाई समस्या भएको ठाउँमा लगेर छुवाउन वा दल्न बताउँथे । राउतले बताएजस्तै गरेपछि समस्या समाधान हुन्थ्यो । यस्तै समस्या यदि पशुधन (गाई, भैंसी र बाख्रा आदि) मा देखिन्थ्यो भने सोही उपचार पद्धति अनाउँदा पशुधनले दूध दिन थाल्दथ्यो । साथै कुनै कारणले पशुधनको माउसित बच्चाको विछोड भएको अवस्था छ र दूध दिन मानिरहेको छैन भने यस अवस्थामा पनि राउतको तरिकाले काम दिन्थ्यो र पशुले दूध दिन सुरु गर्दथ्यो ।
गाउँका मानिसहरुले यसलाई सिद्धि भन्दथे । सिद्धि गरेपछि यस प्रकारको समस्या समाधान हुन्थ्यो । यसका लागि दैनिक जसो दुई चार मानिस राउतलाई खोज्दै आउँथे । यसको लागि राउतले कहिल्यै कुनै शुल्क लिएनन् । कसैलाई पनि नाइँ भनेर कहिल्यै भनेनन् । आसपासको गाउँ र छिमेकी जिल्लाबाट पनि मानिसहरु आइरहन्थे । यस प्रकारको सिद्धिको चर्चा समस्यामा हुने र समस्या समाधान हुनेहरुबिचको अन्तरक्रियाको कारण अन्यत्र पनि फैलिँदै गएको थियो । यसरी सञ्चार हुनुमा गाउँकै मानिसको आफन्त वा नातागोता एकभन्दा बढी गाउँमा हुनु हो । र, यो स्वाभाविक सञ्चार प्रणाली पनि हो । समस्या लिएर पुग्ने मानिसको समस्या मात्र समाधान हुन्थ्यो भन्ने होइन । थनैल तथा पशुधनको दूधसम्बन्धी समस्या मोबाइलबाट पनि समाधान हुन्थ्यो । अझ कतिपय अवस्थामा त कतिपटक मोबाइलको माध्यमले विदेशबाट पनि यस प्रकारको समस्याको समाधान गराउने मौका मिलेको थियो राउतलाई । मोबाइलको माध्यमले समस्या सुन्ने तथा सुनेर आवश्यक साधनहरु जुटाउनलाई भन्ने र साधनहरु जुटाएपछि आफूले भन्नुपर्ने कुरो यहीबाट भनिदिएर समस्याले ग्रसितलाई समाधानको लागि गरिने उपाय गरिदिने । बस, समस्या समाधान । यसरी समस्या भएको मानिसले राउतसित मोबाइलको माध्यमले नै सम्पर्क गर्दा पनि हुन्थ्यो । समस्या समाधान भएको भनी खबरहरु आइरहन्थे । यति सहज र सामाजिक गुण भएका व्यक्तित्व राउतले अठसठी वर्षको उमेरमा असमयमै आँखा चिम्लेका छन् । राउत इतिहास र संस्कृतिका स्रोत पनि थिए । मैले लेखेको मेरो एउटा चर्चिक कथा जसको शीर्षक प्रेमकथा रहेको छ, यसको सम्पूर्ण स्रोत र परिवेश राउतकै आसपासको हो । त्यो एउटा ऐतिहासिक र सांस्कृतिक कथा हो । कसरी एक रातमा बकैया सबा कोस पूर्वतिर स¥यो र अझै पनि किन दुई चार वर्षको अन्तरालमा बकैयाको बाढी सोनरनियालाई छुन जान्छ भन्ने कुरा कथामा देखाएको छु, जसको रचनागर्भमा राउत नै हुनुहुन्छ । यस क्षेत्रको इतिहासका जीवित स्रोतको रुपमा मैले लिएको थिएँ । शृङ्खलाबद्ध किसिमले सिलसिलेबार मिलाएर घटनाक्रम वर्णन गर्न सक्ने क्षमता भएका राउतको स्मरणशक्ति उच्च थियो । देखेका, भोगेका र सुनेका कुरालाई सजिलै भन्न सक्ने इतिहासको एक स्रोत अब कम भएको छ । धर्म र संस्कृतिप्रति अत्यन्त उच्च श्रद्धा र सम्मान राख्ने राउत संस्कृतिको क्षेत्रका पनि जानकार व्यक्तित्व थिए । हाम्रो समाजमा के कस्ता परिवर्तनहरु कसरी भइरहेका छन्, पहिले कुन संस्कृति कसरी मनाइन्थ्यो, पहिलेभन्दा अहिलेको समाजमा के कस्ता तात्विक परिवर्तनहरु आएका छन्, परिवर्तनका कारक तत्व के के हुन् र परिवर्तन के कस्ता सकारात्मक तथा के कस्ता नकारात्मक प्रभाव पारेको छ भन्ने विषयमा स्पष्ट जवाफ दिन सक्ने व्यक्तित्व थिए राउत । सोनरनिया र आसपासको क्षेत्रका लोकदेवताहरुको बारेमा पनि गहन जानकारी थियो । यस क्षेत्रको विकासको उतार चढावलाई त रोचक तरिकाले वर्णन गर्न सक्ने गुण उनमा थियो नै, साथै आफ्नो तर्क र अनुभवको सम्मिश्रणलाई सहजतापूर्वक प्रस्तुत गर्ने गुण राउतमा थियो । इतिहास र संस्कृतिका बारेमा धेरै कुरो बुझ्न बाँकी थियो । संस्कृति र ज्ञानको सन्दर्भमा उनीबाट मैले धेरै कुरा सिक्न पाउने अपेक्षा गरेको थिएँ । मुख्य गरी इतिहास र संस्कृतिको बारेमा उनको ज्ञानको भण्डारबाट अलिकति सापटी लिएर सर्वसाधारणमा लैजान सकिन्छ भन्ने लागेको थियो । अब मैले इतिहासको एउटा स्रोत गुमेको अनुभव गरिरहेको छु र सम्भवतः इतिहास र संस्कृतिको खोजमा केही कुरा अप्राप्तिको सम्भावना बढेको हो कि जस्तो पनि तत्काल लागेको छ । अनेक व्यक्तित्वका धनी दरबारी राउत कुर्मीसँगै कतिपय कुरा हराएको अनुभूति भइरहेको छ । अन्तमा, व्यक्तिगत तथा पारिवारिक र सामाजिक जीवनमा एक सफल व्यक्तित्व दरबारी राउत कुर्मीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दछु ।